गौरा पर्वको मुख्य दिन आज अठ्यावली मनाइँदै, धार्मिक स्थल भने सुनसान

सुदूरपश्चिमैलीहरुको महान गौरा पर्वको मुख्य दिन आज अठवली अर्थात् अष्टमी यस दिन गौराको पूजा आजा गरी मनाइदै छन् । धार्मिक स्थालहरु भने सुनसान रहेको देखिन्छन् । मौलिक संस्कृति झल्किने गरी मनाइने सुप प्रदेशको गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुरमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा न.१ स्थित रहेको गौरादेवी महेश्वरी मन्दिर भने सुनसान देखिन्छ । विगत देखि धुमधामका साथ मनाइने गौरा पर्व यो साल एका-एक खल्लो पन संगै कोरोनाको सनत्रासले सामान्य रुपमा सामाजिक दुरिकायम गरि मनाउदै छन। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको गौरापर्वको पहिलो दिन महिलाहरुले घर घरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात हुने गौरादेवी मन्दिरका पुजारी (भरण्या) मनोरथ भट्टले बताए। उनले भने ‘पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहि आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो लगाउने वा चढाउने चलनका साथै अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने प्रचलन रहेको छ।’ बेलडाँडी गाउँपालिका स्थित रहेको गौरादेवि महेश्वरी मन्दिर वि.सं.२०५८ सालमा स्थापन गरिए मन्दिर परिसरमा जिल्लाकै नमुना रुपमा गौरापर्वमा मेलाको आयोजना हुने धुमधामका साथ मनाइने गौरापर्व कोरोनाले गर्दा विगतका साल भन्दा सुनसान रुपमा मनाउनु परेको र सरकारको मापदण्ड अनुसार पुजा आर्जनमा सिमित रहेको र आफु लाई गौरापर्व आएजस्तै नलागेको गौरादेवी महेश्वरी मन्दिर समितिका अध्यक्ष धर्मानन्द भट्टले बताउनु भो। विगतका साल झौ यो साल गौरापर्वमा घरघरमा मनाउने गरेको र कुनै किसिमको मेला र खेलकुदको आयोजना नगरिने सरकारको मापदण्ड अनुरुप सामाजिक दुरिकायम हुने गरि सामान्यतया पुजा आर्जनको व्यवस्थापन मिलाइएको वडा न.१ का अध्यक्ष अमर बहादुर खात्रीले बताउनु भो। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाले भाइरस लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुरुप कुनै किसिमको भिडभाड नहुनका लागि सुरक्षा व्यवस्थापन कडाईका साथ मोबाइल गस्ती समेत परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलडाँडिका प्रमुख राजेन्द्र सिंहले बताउनु भएको छ।

सोचेको अनुरुप जिन्दगीमा कहिले पनि केही नहुने र अहिलेको यो कोरानाको महामारीको विषम परिस्थितिमा आफ्नो धार्मिक परम्परागत रुपमा चलि आएको गौरापर्व विगत भन्दा फरक भए संगै खुसी भन्दा कोरोनाले दुखी बनाएको स्थानीय युवा लबदेव भट्टले बताए। सामान्य पुजा आर्जन गरि गौरापर्व बनाइदै छन । बेलडाँडी गाउँपालिका वडा न.१ स्थित रहेको गौरादेवी महेश्वरी मन्दिरमा भाद्र ११ गते बिहिवार १२ बजे गौरा सेलाउने मन्दिर समितिले जानकारी दिएको छ।

ताजा समाचार