रमेश पन्त मीतबन्धु
महेन्द्रनगर
सुदूरपश्चिम प्रदेश विभिन्न धार्मिक ,सांस्कृतिक तथा मौलिक परम्परागत लोकपर्व एवम् सम्पदाहरुले भरिपूर्ण प्रदेश भएकाले यसलाई लोक पर्व तथा लोक सम्पदाहरुको प्रदेशका रुपमा पनि चित्रण गर्न सकिन्छ । गोःरा (गौरा) पर्व पुराणमा उल्लेखित मानसखण्ड क्षेत्र अन्तर्गत पर्ने नेपालको सुदूरपश्चिम प्रदेश तथा मध्य कर्णाली एवम् भारतको कुमाऊँ गढवाल लगायतका क्षेत्रमा धार्मिक एवम् सांस्कृतिक अनुष्ठान तथा शुद्ध शाकाहारी भोजन ग्रहणगरि ,समाजिक सद्भाव एवम् अनुशासनका साथ धुमधामसित मनाइन्छ । गौरा पर्वसंग यस क्षेत्रका लोकभाषा,साहित्य , कला एवम् संस्कृति लगायतका थुप्रै पाटाहरु जोडिएका पाइन्छन् । यस आलेखमा गौरामा दिइने आशिका तथा विरुडाको महत्व बारेमा संक्षिप्त रुपमा उल्लेख गर्ने जमर्को गरिएको छ।

नारीहरुद्वारा रचित नारीहरुलाई नै वेद पढ्ने अधिकार दिइएको यस पर्वले नारीहरुलाई श्रेष्ठतम् तथा जेष्ठ बनाएको पाइन्छ। विरुडा ९गहत, गुरौंस, गहुँ, मास र कलउँ अर्थात् केराउ आदि पञ्चअन्न भिजाएर बनाएको अन्नमिश्रण० पूजनले आफुभन्दा उमेर र नाताले जेष्ठ सासु ससुरा , जेठानी जेठाजु , श्रीमान लगायत अन्य आफन्तलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट नारीहरुले आशिका ९आशिर्वाद० दिने प्रचलन मानसखण्ड क्षेत्रमा रहेको पाइन्छ । यो नारीहरुलाई प्राप्त आत्मविश्वासको विशिष्ट शैली हो।
आशिका अर्थात् आशिर्वाद शब्द आफैमा ओजपूर्ण छ। हरेक प्रकारका संस्कृति र समाजमा यसको अति नै महत्व रहेको पाइन्छ । मान्यजनबाट लिइने र सानालाई दिइने आशिकाले मानव जातिमा सकारात्मक सोचको प्रवाह गर्ने, आत्मविश्वास बढाउने जस्ता कार्य गरेको पाइन्छ । गौरा पर्वभित्र रहेका थुप्रै प्रगतिशील पाटाहरुमध्ये आशिका पनि एक हो। गौरा पर्वको अवसर पारेर विभिन्न प्रकारका भाका तथा नृत्यहरु जस्तै डेउडा, ढुस्को, धुमारी, चाँचरी, झोःडा, फाग ,सगुन, माङल ,अँठेवाली आदिका माध्यमबाट समेत आशिका लिने दिने गरेको पाइन्छ। गौरा पर्व विरुडा पञ्चमीदेखि विधिवत् रुपमा शुरु हुने भएता पनि अँठेवाली ९गौराष्टमी० लाई गौरा पर्वको आत्मा मान्ने गरेको पाइन्छ र हो पनि।
यसरी गौराष्टमीका दिन व्रत बसेका महिलाहरुद्वारा (जसलाई गोः रिया भनिन्छ) गौरी महेश्वरको विधिपूर्वक पूजाआजा सम्पन्न गरे पश्चात् आ–आफ्नो घरमा फर्केर आ ( आफ्ना परिवारजन तथा अन्य आफन्तहरुको समेत विरुडाद्वारा मुन्डो(शिर ( पूजन ) जसलाई मुन्डोपूजा भनिन्छ । कार्य गर्दा महिलाहरुले यस्तो आशिका दिने परम्परा रहिआएको छ (
दुबाइ जनी चौडी रया (ठुलालाई रया सानालाई रएइ)
गुबाइ जनी फुलिरया
धर्ती जति धिरा भया
सर्क जति अल्का भया
बाग जति बलिया भया
स्याल जति मोटा भया
स्याप जति लामा भया
हिमाल हिउँ छन्ज्या
समुन्द्र पानी छन्ज्या
जि जागी रया
ऐरकि जनी झालताल भया
जोःला गाई दुन पाया
जोली खाट सिन पाया
केलाकी जनि थुम बडाया
एककी एक्काईस होईझौ
पाँचकी पचास होईझौ
जिइ रया, पलुइ रया
बाँचिरया ,अजम्मरि भया
मेरी आशिका फुलिझौ फलिझौ
(अर्थ : दुबो घाँस जस्तै फैलिनु, गुबाृ फूल जस्तै फुलि रहनु, धर्ती जस्तै धीर भैरहनु, आकाश जत्तिकै उचाइ हुनु, बाघ जत्तिकै बलियो ,स्याल जत्तिकै मोटो ,सर्प जत्तिकै लामो हुनु, हिमालमा हिउँ छउन्जेल र समुन्द्रमा पानी छउन्जेल बाँचिरहनु, गाईको गोरसले भरिपूर्ण होस्, बस्न सुत्न प्रशस्त पुगोस् ,केराको बोट जस्तै बंश जोगाइ राख्नु , एकबाट एक्काईस पुगोस , पाँचको लागि पचास भएर बाँच्नु , बाँचिरहनु , फैलिइ रहनु , अजम्बरी हुनु, मेरो आशिर्वाद फुलोस् फलोस् )
यसरी गौरामा विरुडाले मुन्डो पुज्दा गोःरियाहरुले दिने गरेको आशिकामा आफ्नै प्रकारको मौलिकता र नारी श्रेष्ठता रहेको पाइन्छ ।यस्तो मौलिक एवम् श्रेष्ठतम् प्रकारले आशिका दिने प्रचलन डोटेली संस्कृतिको मुख्य बिशेषता नै हो भन्नू पर्दछ ।यसैगरी विरुडाको महत्व र सन्दर्भ उल्लेख गर्दै गौरा कै अभिन्न अङ्ग रहेको डेउडा खेलमा डेउडियाहरुले पनि आशिका बाड्ने गर्दछन्:
प्रश्नकर्ता ( गोःराको के ठुलो हुन्छ , दशैको के ठूलो
कति गुल्ल्यो कति मिठो , संस्कृति अफुनो।उत्तरकर्ता (सपै जनलाई बचाइ राखेइ ,दाइन भेइ गमरा
गोःराको विरूडो ठुलो , दशैकोे जमरा।
(गौराको आशिका ठुलो ,दशैको जमरा)
त्यस्तै डेउडिया (गिदारु , गिदारा, गीत भट्याउनेहरुले यसरी पनि आशिका बाँड्छन्(
१० मुन्डामा बिरुडो पडिझाउ , हरिया भदौ मैना
हिमाल हिउँ छन्ज्यासम्म, बाँचिरौन् भाइबैना
२० गौराको विरुडो पाएइ, नवरात्राको जोःरो
बाँचिरौ अम्मर हौइरौ, पिरताको डोरो ।
( मुन्डामा.शिरमा , पडिझाउ. परोस् , मैना . महिला ,जोस्रो. जमरा , पाएइ. मिलोस् , अम्मर . अमर )
यी दुई तीन उदाहरणबाट पनि डोटेली लोक संस्कृति र समाजिक परम्परामा आशिकाको महत्व कति ठुलो छ, भन्ने कुरा प्रष्ट झल्काउँछ।
आशिका दिने काम विरुडाका माभ्यमबाट गरिने भएकाले गौरामा आशिका लिन दिन विरुडा नभइ हुदैन । (मान्यजनबाट लिने आशिर्वाद त सामान्य भेटमै पनि हुने नै भो) यसैगरी विरुडा पौष्टिक पञ्चअन्नको मिश्रणबाट बन्ने भएकाले मुन्डो पूजन पश्चात् यसलाई भुटेर, पकाएर खाने चलन रहेको पाइन्छ। यो विरुडा टुसादार हुने गरेकाले यसमा शरीरलाई अत्यावश्यक प्रोटीनको मात्रा प्रसस्त पाइन्छ , जसको महत्व बैज्ञानिक दृष्टिकोणले पनि अति महत्त्वपूर्ण छ।यसले पोषिलो घरेलु खानेकुरालाई महत्त्व दिदै ग्रहण गर्नुपर्ने कुरातर्फ संकेत गर्दछ।
आजको दुखद पक्ष ( विश्वव्यापी रुपमा फैलिएको र दुनियाँलाई त्राहिमाम् ,बनाइरहेको कोरोना संक्रमणको महामारीको कारणले यस वर्ष सुदूरका गाउँ तथा शहरहरु उदास देखिन्छन् । गौराको चहलपहल र रौनक सुस्त छ। भीडभाडबाट संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राखि सरकारी पक्षबाट सुदूरपश्चिमका सबैजसो ठाउँमा सचेतनामुलक सूचनाहरु सम्प्रेषण गर्दै बन्दाबन्दी गरिएको र भीडभाडबाट हुनसक्ने जोखिमबाट बच्न गौरा औपचारिकता पूरा गर्न घरमै मनाउन संकेत गर्दै भीड निषेध गरेको छ। सुदूरपश्चिमका गाउँघर तथा शहरमा आवश्यकता र मागअनुसार दस(बीस दिनसम्म चल्ने अति लोकप्रिय पर्व गौरा र डेउडाको चहलपहल यसपाली कोरोनाको कहरले गर्दा शून्य सरह नै भएको छ, गौरा पनि नियास्रो परेर रुँदै घरतिर लाग्ने देखिन्छ ।
र अन्तमा,
अइल साल गोःरा रोइगै , यइ कोरोना काल
बाँचिरया सपै जना , खेल्ला अर्खा साल ।