नेपालमै सर्वप्रथम बहुभाषिक डोट्याली भाषाको शब्दकोश निर्माण गरिदै

सुदूरपश्चिमका ९ वटै जिल्लामा मातृभाषाका रुपमा रहेको डोट्याली भाषाको बहुभाषिक शब्दकोश निर्माण पहिलो चोटी कंचनपुरमा गरिने भएको छ । महाकाली साहित्य संगम अन्तर्गतको डोट्याली भाषा विकास केन्द्र (विभाग)ले यस क्षेत्रका विभिन्न जिल्लामा रहेका ७ वटा भाषिकाहरुबाट शब्द संकलन २०७५ असार देखि गरि वृहत बहुभाषिक शब्दकोश निर्माण गर्न सम्पादनको कार्य थालनी गरेको हो ।

भाषा विकास केन्द्रका संयोजक बंशीधर जोशीका अनुसार डोट्याली भाषा अन्तर्गका भाषिकाहरु (डडेल्धुरेली, बझाँङ्गी, दार्चुलेली, बैतडेली, डोटेली, बाँजुरेली, अछामी) का ५ हजार शब्दहरु, शब्दभण्डारमा समाविष्ट गरेको छ । स्थानीय निकाय सँगको साझेदारी र समन्वयमा उक्त शब्दकोश निर्माण गर्न लागिएको हो । राष्ट्रकै ख्याती प्राप्त भाषाविद्हरुको सहयोगमा ५ वर्ष पहिले नै डोट्याली भाषाको आधारभूत व्याकरण तयार पारिसकेको र सोहीका आधारमा शब्दकोश निर्माण गर्न लागीएको संयोजक जोशीले वताएका छन् । पहिलो ड्राफ्ट तयार पारि शब्दकोशको सम्पादन कार्य भदौ ७ गते देखि धामाधम चलिरहेको छ । डोट्याली भाषा कोशको संरचना डोट्याली, फोनेमिक्स ट्रान्सक्रिप्सन, वोर्ड क्लास(पद वर्ग), अङग्रेजी र नेपाली भाषामा छुट्टा छुट्टै अर्थ उल्लेख गरिने छ । यसका साथै डोट्याली भाषाका पर्यायवाची शब्दहहरु समेत राखिने छन् ।

यसको निर्माणले डोट्याली भाषाको विकास र विस्तारमा टेवा पु¥याउनुका साथै स्थानिय स्तरमा डोट्याली भाषाको पाठ्यक्रम निर्माण हुने क्रममा रहेको परिपेक्ष्यमा सार्थक र अर्थपूर्ण हुने वताएका छन् । भाषा कार्यदलका एक सदस्य सुदूर पश्चिमाञ्चल विश्व विद्यालयका उपप्राध्यापक त्रिलोकदत्त तिवारीले डोट्याली भाषाको विश्वव्यापीकरण गर्न शब्दकोश महत्वपूर्ण योगदान रहने र निकट भविष्यमा यसलाई गुगल तथा ई फर्ममा समेत राखिने वताएका छन् । तिवारीले यस खालको शब्दकोश नेपालमै पहिलो भएको दावी समेत गरेका छन् । भाषा विकास केन्द्रले लकडाउन खुलेपश्चात पुनः परीक्षणका लागि स्थलग रुपमा भ्रमण गर्ने र अन्तिम प्रारुप प्रदान गर्ने जनाएको छ ।

यो वर्षको अन्त्य सम्म प्रकाशनमा ल्याउने तयारी भैरहेको छ । भाषा डोट्याली बहुभाषिक शब्दकोष निमार्णकार्य दलमा बंशीधर जोशी संयोजक रहनु भएको छ भने सु.प.वि.का उप प्राध्यापक तृय अर्जुन सिंह नेगी, भुवेश्वरी वडु र त्रिलोकदत्त तिवारी यस्तै, हरि प्रसाद खतिवडा उप प्राध्यापक नेपाल सँस्कृत विश्वविद्यालय, खगेन्द्र नाथ वियोगी उप प्राध्यापक त्रिभुवन विश्वविद्यालयका रहनु भएको छ । अतिथि सम्पादनमा सु.प.वि का सह प्राध्यापक तथा परीक्षा नियन्त्रक देवसिंह नाथ, कृष्णसिंह सामन्त प्रमुख दार्चुला वहुमूखी क्याम्पस, मोहन सिंह साउद सह प्राध्यापक कैलाली बहुमूखी क्याम्पस र डा. हरिशचन्द्र भट्ट (विभाग प्रमुख मानविकी तथा सामाजिक शास्त्र विभाग सु.प.वि केन्द्रीय क्याम्पस ) रहनु भएको   छ । विगत लामो समय देखि तल्लीन रहेको अग्रणी साहित्यीक संस्थाले यहाँको डोट्याली भाषाको विकास र विस्तारमा अहोरात्र काम गर्दै आएको छ । विभिन्न साहित्यीक गतिविधिका सँगै भाषाको उत्थान र प्रबधनमा महत्वपूर्ण योगदाय पुरयाउदै आएको छ ।

ताजा समाचार