महाकाली अस्पतालमा पिसिआर मेसिन जडान गरिने

कञ्चनपुर

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पतालमा पिसिआर मेडिन जडान हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकमै खरिद गरेको पिसिआर मेसिन महाकाली अस्पतालमा जडान हुने भएको हो ।

मंगलबार भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महाकाली अस्पताल बिरामी कुरुवा भवनमा पिसिआर ल्याब स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णण भएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले पिसिआर विधीबाट कोरोना परीक्षणका लागि भीमदत्त नगरपालिकाले खरिद गरेको मेसिन अस्पतालमा जडान गर्ने निर्णय गरिएको बताए । ‘मेसिन जडानका लागि आवश्यक पर्ने बजेट तथा स्रोत व्यवस्थापनका लागि आवश्यक सरोकारवालासंग समन्वय गरेर अघि बढ्ने निर्णय भएको छ, ‘अध्यक्ष जोशीले भने, ‘पिसिआर मेसिन संचालनका लागि उपकर महाकाली अस्पतालले खरिद गर्छ ।’ जनशक्तिका लागि समाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय गरिएको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगरपालिकाले मेसिन खरिद गरेर ल्याएको बताउदै संचालनका लागि सबै निकायसंग समन्वय गरिने बताए । कोरोना परीक्षणका लागि कञ्चनपुरमा मेसिन नहुँदा कैलालीको सेती प्रादेशिक, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, काठमाण्डौँ टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतमा परीक्षणका लागि पठाउन बाध्य छन् । अहिले महाकाली अस्पतालमा भीमदत्त नगरका ९ जना कोरोना संक्रमितको आईलेशानमा राखेर उपचार भईरहेको छ ।

ताजा समाचार