महाकाली अस्पतालका सरकारी कर्मचारीले गरे प्राईभेट किल्नीकमा रिफर

कञ्चनपुर

विगत लामो समयदेखि रिफर सेन्टरको रुपमा रहेको महाकाली अस्पतालमा पछिल्लो समय सुधारोन्मुख रहेको चर्चा चुलिएकै बेला अस्पतालका कर्मचारीको कारण छवि धुलमिल हुन पुगेको देखिएको छ । सुरक्षित गर्भपतन सेवा प्रदान गर्न मंगलबार कृष्णपुर नगरपालिका दोमिल्ला बस्ने २३ वर्षीय भगवती बुडा गर्भपतन सेवा लिन आएको बेला अस्पतालका कर्मचारीकोे लापरवाहीले गर्दा दोहोरो शुल्क तिर्न बाध्य भईन । अस्पतालमा तिन जना गाईनोलोजिष्ट डाक्टर तथा प्रयाप्त तालिम प्राप्त नर्सहरु कार्यरत रहेको भएता पनि बुडालाई एक्सरे तथा अल्टासाउण्ड गर्दा सरकारी अस्पताल र निजी मेडिकलमा शुल्क तिरेका छन् ।


अस्पतालको जिम्मेवार व्यक्तिले नै सेवाग्राहीलाई सरकारी अस्पताल बाहिर क्लिनिकमा चेकजाँच गर्ने तर अस्पतालमा सेवा छैन, रिक्स हुन्छ भन्ने तर्क तर्कसंगत नभएको पिडितहरुको भनाई छ । भगवतीको गर्भपतनका लागि बुडा दम्पत्ति चर्को शुल्क तिर्न बाध्य भएका छन् । कृष्णपुर मेडिकलमा जाँच गर्दा गर्भमा बच्चा मरेको भन्ने थाहा पाएपछि बुडाका दम्पति महाकाली अञ्चल अस्पताल आएका थिए । उनीहरुले एकै प्रकारको स्वास्थ्य समस्याका लागि दुई पटक भिडियो एक्सरे र अल्टासाउण्ड गर्नुपरेको छ । उनले सरकारी अस्पताल र भागेश्वरी क्लीनिकमा अल्टासाउण्ड गर्नुप¥यो भने भागेश्वरी क्ल्निीकमा नै महाकाली अस्पताल का मेडिकल सुपरिटेन्ड डा.हरी श्रेष्टद्वारा क्युरेट गराउनु प¥यो । विभिन्न बाहना बनाउदै नर्सहरुले समेत नराम्रो व्यवहार देखाएको सेवाग्राही भगवतीका श्रीमानको दावी छ ।

अस्पतालको नेतृत्वदायी व्यक्तिले नै आर्थिक प्रलोभनका कारण अस्पताल भन्दा मिडिकल क्लिनिकलाई बढी प्राथमिता दिईएको बुझिएको छ । भगवतीका श्रीमान् रोहित बहादुर बुडाले भने ‘अस्पतालमा सेवा छैन्, दुखाई हुन्छ, क्यान्सर हुन सक्छ भनेर त्यहाँ डियुटिमा रहेका नर्सहरुले डराएको तथा बाहिर जानुस भन्दै दुव्र्यवहार समेत गरे’ । भगवतीकी नन्द नाता पर्ने एक महिला कुरुवा गएको तर उनलाई समेत रुखो व्यवहार देखाएको उनले वताएकी छन् ।

यद्येपि, अस्पतालका प्रमुख तथा मेडिकल सुपरिडेण्टेण्ट डाक्टर हरि कुमार श्रेष्ठले आफूलाई पहिले नै अस्पतालमा गराईएको चेकजाँच बारे कुनै पनि जानकारी नभएको तथा विरामीले कुनै कागजात नदेखाएको प्रतिक्रिया दिएका छन् । कतिपय सेवाका बारेमा जानकारी नभएर समस्या हुने गरेको र गलत बुझाईका कारण कहिलेकाँही यस्तो समस्या आउने गरेको डा. श्रेष्ठको भनाई छ । उनले अस्पताल सुधार भईरहेको अवस्था विभिन्न तत्वहरु विगार्न लागिपरेको आरोप लगाएका छन् । उनले अस्पताल राम्रो बनेको हेर्न नसक्नेहरुले कतिपयले तिललाई पहाड बनाउने गरेको जिकिर गरे ।

यस्तो छ कानुनी प्रावधान
स्वास्थ्य मन्त्रालयले २०७७ साउन २० मा जारी गरेको परिपत्र र सामाजिक विकास मन्त्रालयले साउन १२ गते जारी गरेको पत्रमा यस्तो उल्लेख गरिएको छ :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरु संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्याटिक्स नगर्ने र यदि यस भन्दा निजी प्राक्याटिक्स गर्नपूर्व स्वीकृती लिएको भए सो स्वीकृती स्वतः खारेज हुनेछ ।

सरकारी अस्पतालमा कार्यरत तथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालहरुमा लेख्न पाईने छैन भनेर परिपत्र जारीभए पनि विभिन्न मेडिकल क्लिनिकमा सरकारी अस्पतालका चिकित्सकहरुको नाम लेखेको पाइन्छ ।

ताजा समाचार