भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि पानी वितरण गर्दै

खडक कोली / कञ्चनपुर

कञ्चनपुरको भगतपुर निम्बुखेडा खानेपानी सरसफाई तथा उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि उपभोक्तालाई खानेपानी वितरण गर्ने भएको छ । सुदूरपश्चिमेलीको गौरा पर्वको अवसर पारेर भगतपुर निम्बुखेडा खानेपानी सरसफाई तथा उपभोक्ता समितिले भदौँ दोस्रो सातादेखि उपभोक्तालाई खानेपानी वितरण गर्ने भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष गणेश सिह धामीले हस्तान्तरण कार्यक्रम ढिला हुने भएपनि खानेपानी भदौँ १० गतेदेखि वितरण गरिने बताए । ‘आयोजना पुरा भईसकेको छ, ‘अध्यक्ष धामीले, ‘त्यसैले उपभोक्तालाई शुद्ध खानेपानीको सेवा विस्तार गरेका हौँ ।’ करिब ६ बर्षमा निर्माण सम्पन्न भएको योजनामा ८ करोड खर्च हाराहारीमा भएको थियो । भीमदत्त नगरपालिका २, १५ र १८ नम्बरका १३ टोलका १२ सय परिवारले एक साथ खानेपानी पाउने छन् ।

‘सबै उपभोक्ताले धारा जडान गरिसक्नुपर्छ, ‘उनले भने, ‘१५ भदौँदेखि उपभोक्ताले घरमै पानी उपभोग गर्न पाउनेछन् ।’ गाँउमै शुद्ध खानेपानीको सुविधा पाएपछि उपभोक्ता हर्षित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds