बृद्ध मन्कुलाई रिहाईको माग

कञ्चनपुर

नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव(कञ्चनपुर)ले बृद्ध मन्कु चौधरीलाई रिहाईको माग अघि सारेको छ । गत साता भीमदत्त नगरपालिका ४ महेन्द्रनगर नगर विकास समितिले लिजमा दिएको जमिनमा प्रेसर कुकर बम राखेको आशंकामा प्रहरीले मन्कु चौधरीलाई पक्राउ गरेको भन्दै उनको रिहाईको माग अघि सारेको हो ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज सहदेवद्वारा हस्ताक्षरित विज्ञप्तीमा बृद्ध मन्कु चौधरी पार्टीको कुनै जिम्मेबारीमा नरहेकाले उनलाई अनावश्यक दुख नदिई तुरुन्तै रिहाईको माग अघि सारेको हो । लकडाउनका बेला पार्टीले सबै संघर्षका कार्यक्रम स्थगित गरेको जनाउँदै समाजिक दुरी कायम राखेर जनताको सुखदुखमा सक्दो राहत वितवरण गरिरहेको अवस्थामा देशभरी नेता कार्यकर्ता गिरफतार गरेर प्रतिरोधात्मक एव रक्षात्मक संघर्ष गर्न बाध्य बनाएको जनाईएको छ ।

नगर माफियाको संजालमा साँकेतिक कार्बाही भएको जनाउँदै, उक्त कार्बाहीमा ०७२/०७४ बर्षिया मन्कुलाई गिरफ्तारप्रति गम्भिर ध्यानाकर्षणा भएको जनाईएको छ । पार्टीकै शुभचिन्तक भएकै कारण गिरफ्तार गरिएको ठहर गर्दै, पार्टीको कुनै कामकार्बाहीमा सहभागि नभई आफ्नो बुढेशकालमा उपचार गराईरहेको जनाएको छ । बम फेला परेको स्थानमा थारुवान स्वयत्त प्िरदेश जिल्ला जनपरिष्द कञ्चनपुर भनेर उल्लेख भएको पत्र फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

ताजा समाचार