आरतीको सारथीको बन्छ भगवान् ?

करुणादायीक जीवनसँग जुध्दै आरती, दिर्घकालीन व्यवस्थापन आवश्यक

चन्द्र ऐर /डडेल्धुरा
साउने झरीमा रुझ्दै नौ वर्षकी उनी घनघस्याको लेकमा अर्ध नग्न शरीरसँगै नाङ्गै पैतला लिएर गोठाला हिँड्थीन् ,अझै हिड्ने छिन यदि दिर्घकालिन व्यावस्थापन नहुने हो भने उनको । जीउ ढाक्ने लुगा थिएन उनीसँग, गाईगोरुसँगै रमिरहेकी उनका लागि बनजंगल र गोठालामै समय बेतित भैरहन्छ । उनी अर्थात मेलापात र वस्तुभाउँसँगै जीवनको कहालीलाग्दो यात्रा जसोतसो तय गर्दै आईरहेकी डडेल्धुरा अजयमेरु–२ घनघस्या कि आरती भण्डारी लाई
डडेल्धुराको अजयमेरु गाउँपालिका–१,समैजीका अध्यक्ष र उपाध्यक्षले अहिलेका लागि लुगा चामल नुन साबुनहरु उपलब्ध गराएका छन्।


अहिले केहि हद सम्म राहत महशुस गरेकि छिन उनको अनुहारमा तर अझै पुर्ण खुशियाली छाएको छैन, झरिमा ओढ्ने छाता नै थिएन, आज परिवारमा प्रति व्यक्ति पुग्ने छाता छन् । स्कुल पढ्न कापी(कलम, पोसाक र झोला त निकै परेको सपना जस्तो थियो । आज त्यो पनि सहयोगी हातहरूले जुटाएका छन् । ‘त्यो कति दिन पुग्ला र ! आरती फेरी पुरानो दिनचर्यामै फर्कन्छिन् कि….?’ तेसैले आरतीको अहिलेको कथा माथि पोका आफ्ना प्रचारमा फाल्न हैन, आरती भण्डारीको भविष्यको ग्यारेन्टि हुनु अहिलेको आबश्यकता हो ।
घनघस्याको लेकजस्तै चिसो सपना आरतीले बोकेकि छैन्न, आरतीले भनिन “मुएई पठेईहु“ आरती भण्डारीके चाहान्छिन यसले नै बताऊछ । बुवाका हात राम्ररी चल्दैनन् तर बुवाको दिमाग पनि आफ्नो छोरा छोराको भविष्यमा उदासिन हुनु अभिभावकको गैर जिम्मेवारी नै हो । घरमा अन्न छैन, आरतीले भनिन्, फाटेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो । मसँग अन्य लुगा छैन । त्यसैले नाङ्गै हिँडेकी हुँ । तर, भण्डारी परिवारले फोहरको डंगुरमा राम्रै लुगा फालेका पनि छन् यसबाट अभिभावकको गैर जिम्मेवारी छर्लङ्ग देखिन्छ ।


आरतीका १२ वर्षीय दाइ पारस भण्डारीसँग पनि अरुले दिएको जिउमा नमिल्ने एकदमै लामो एकसरो लुगा मात्र थियो । राम्रोसंग लगाए एक बर्षलाई पुग्ने लुगा राहात आयो तर कति बर्षको लागि पुग्ला ? बहिनीसँगै गाई चराउन घनघस्याको लेकमा भेटिएका पारस भण्डारीले लुगा किनीदिनू भन्दा बुवाले गाली गर्ने गरेको वताएपनि उनका बुवाले भने आफुले तेस्तो नगरेको बताए । घरमा दुई जना अरु भाइबहिनी पनि धेरै साना रहेछन उनी आफ्नो स्याहार सुसार आफै गर्ने अबस्थाका छैनन् । एकछाक खान त पुग्दैन तर उनका बुबाले भने नौ रोपनि जमिन छ मैकै लगाएका छौ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१,समैजी खतेडा गाउँका यी बालबालिकाको भविष्य घनघस्याको भन्दापनि कठिनछ तर वडा अध्यक्ष दत्ति सिंह भण्डारीले दिर्घकालीन राहातको व्यबस्थापनलाई जोड दिईने बताएका छन् । यस्तो परस्थितिमा रहेका अन्य परिवारलाइ पनि दिर्घकालीन राहात कार्यक्रम ल्याउने अजयमेरु गाउँपालिकाकी उपाध्यक्ष कलावती भाणले बताईन ।

उकालो जस्तै कठिन बनेको छ । पढ्ने, लेख्ने र खेल्दै रमाउने उमेरमा दुःखको पहाड बोकेर भोकै नाङ्गै हिँड्नुपरेको छ, आरतीको अवस्था यस्तै नरहने गरि उचित वेबस्था गरीने गाउँपालीका प्रवक्ता समेत रहेका वाड नं दुईका अध्यक्ष शिवराज भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् ।
घर नजिकै घनघस्या माध्यमिक विद्यालय छ, तर नौ वर्षीय आरती भण्डारीले अहिलेसम्म विद्यालयमा पाईला टेक्नसम्म पाएकी छैनन्, अव स्थानिय सरकारले उनलाई प्रतिबद्धता मूताविक सहयोग र संरक्षकत्व ग्रहण गर्न सकेका खण्डमा उनको मुहारमा मुस्कान पूर्णकालीन रुपमा निछावर हुने मात्र छैनकी जीवनले नयाँ आयाम बाट मौलाउनेछ भन्ने आशा गरौ र फेरी अब आरती पहिलेकी आरती रहने छैन्न , अनि कसैपनि वालिका आरतीको जस्तो कष्टकर जीवन गुजार्नु पर्ने छैन ।

ताजा समाचार