कञ्चनपुरकै उत्कृष्ट विद्यालय सार्कले वैकल्पिक सिकाइ आफ्नै सफ्टवेयर अनलाइनबाट यसरी सिकाउँदैछ

कोरोना भाइरसको त्रासका कारण विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । विद्यालयहरुले विभिन्न माध्यमबाट वैकल्पिक सिकाइ सञ्चालन गर्दै आइरहेका छन् । यसै सन्दर्भमा कञ्चनपुरकै उत्कृष्ट सार्क स्कुलले कसरी वैकल्पिक सिकाइ सञ्चालन गरिरहेको छ भन्ने कुरा जानकारी गइरहेका छौं । सार्क स्कुलले गएको बैसाख देखि अनलाइन र अफलाइन दुवै माध्यमबाट सिकाइ जारी राखेको छ । मुलुकका अन्य स्थानमा अनलाइन कक्षा प्रभावकारी नदेखिएपनि यस विद्यालयले भने यसै माध्यमबाट प्रभावकारी रुपमा शिक्षण सिकाइलाई अगाडि बढाउँदै आएको प्रअ सुर्य बहादुर घिमिरे बताउँछन् । बैसाखको ८ गते देखि विद्यालयले नियमितरुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ । शुरुमा १५ दिनसम्म शिक्षकहरुलाई दिनको ३ घण्टासम्म अनलाइन शिक्षण सम्बन्धी ओरिन्टेशन गरिएको प्रअ घिमिरेले जानकारी दिए ।
कसरी गरियो तयारी
बैसाखको पहिलो हप्ता देखि शिक्षकहरुकै बीचमा ट्रायल कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘एकजना शिक्षकलाई होस्टक बनाएर हामी अरु शिक्षकहरु घरमै विद्यार्थी बनेर कक्षा लियौं ।’ घिमिरे ले भने । सबै किसिमबाट तयारी सकेर अब सक्छौं भन्नेभएपछि मात्रै बैसाखदेखि अनलाइन कक्षा शुरु गरिएको उनले बताए । शुरुमा अनलाइन कक्षा शुरु गर्दा पहिलो हप्ता दिनमा एक कक्षा मात्रै सञ्चालन गरिएको, र दोस्रो हप्ता २ पिरियड, तेस्रोहप्ता ३ पिरियड गर्दै हाल ४ पिरियड कक्षा सञ्चालन हुँदै आइरहेको छ । एक जना शिक्षकले दैनिक ३ पिरियड र विद्यार्थीले दैनिक ४ पिरियड अनलाइन कक्षा लिने गरेका छन् । दैनिक बिहान ७ बजे देखि ६ बजेसम्म विभिन्न समयमा अनलाइन कक्षा सञ्चालन हुने गरेको छ । एउटा घरमा धेरै विद्यार्थी भए मोवाइल र ल्यापटप नजुधोस् भनेर फरक फरक समयमा कक्षा सञ्चालन गर्ने गरिएको प्रअले जानकारी दिए ।
इन्टरनेट नहुनेलाई होम असाइनमेण्ट र वर्कसिट
इन्टरनेट नभएका विद्यार्थीहरुका लागि भने विद्यालयले शिक्षकले होम असाइनमेण्ट र वर्कसिट उपलब्ध गराउने गरेको छ । अफलाइन सिकाइबाट सबै विद्यार्थीलाई समेट्ने प्रयास गरेका छौं ।’ अनलाइन कक्षाले माथिल्लो तहका ९० देखि ९५ प्रतिशत विद्यार्थीलाई समेटिरहेको प्रअ घिमिरेले बताए । होम असाइनमेण्ट र वर्कसिटको माध्यमद्वारा विद्यालयका नानीहरुले घरमै बसेर अनिवार्य ४ विषयलाई समेटिएको र सजिलो विषय हप्ताको ३ दिन र अन्य विषयको सिकाइ भने नियमितरुपमा हुनेगरेको छ ।
साना कक्षाकालाई समस्या
ठूलाकक्षाका विद्यार्थीलाई अनलाइन र अफलाइन कक्षाले समेटेपनि तल्लो कक्षाका विद्यार्थीहरुमा भने केही समस्या देखिए पनि साना कक्षाहरुको लागि पनि होम असाइनमेन्ट र बिषयगत वर्कसिट तयार पारी सिकाइ सामग्रीले शत्प्रतिशत विद्यार्थीलाई समेटेको प्रह घिमिरे बताउछन् ।केही तल्लो कक्षाका घरमा टेलिभिजन पनि नहुने र गाउँ गएका विद्यार्थीहरुलाई अनलाइन कक्षामा समेट्न नसकिएको प्रअ घिमिरेले बताए । ति विद्यार्थीहरुको पहिचान गरिएको र विद्यालय सञ्चालन भएपछि उनीहरुका लागि छुट्टै उपचारात्मक कक्षा सञ्चालन गर्ने विद्यालयको योजना रहेको उनले बताए । प्रअ घिमिरेले भौतिक रुपमा विद्यालय सञ्चालन भएपछि अनलाइन कक्षाको सान्दर्भिकता कम भएपनि त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । ‘अहिले वैकल्पिक माध्यमको रुपमा अनलाइन कक्षा सञ्चालन गरिएको छ । तर, विद्यालयले पछि यसलाई पुरक माध्यमकै रुपमा अगाडि बढाउने योजना बनाएको छ ।’, उनले भने ।हरेक शिक्षकलाई ल्यापटप, कक्षैपिच्छे प्रोजेक्टर विद्यालयले कोरोना महामारी अगाडिदेखि नै हरेक शिक्षकलाई ल्यापटप र हरेक कक्षामा प्रोजेक्टरको व्यवस्था गर्दै आएको थियो । जसले गर्दा अहिले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकहरुलाई सहज भएको छ । यसअघि पनि ल्यापटप र प्रोजेक्टरबाट पढाउँदै आएका शिक्षकलाई अनलाइन शिक्षणको ओरिन्टेशनले अहिले अनलाइन कक्षा सञ्चालन गर्न सक्षम बनाएको छ । पहिले घरमा लग्न नदिने गरिएपनि अहिले ल्यापटप घरमै लग्न पाउने व्यवस्था गरिएको छ । शिक्षकले घरघरबाटै अनलाइन कक्षा सञ्चालन गर्ने गरेका छन् ।
यसरी हुन्छ अनलाइन कक्षाको अनुगमन
विद्यालयले रुटिन अनुसार अनलाइन कक्षा सञ्चालन भए नभएको, कत्तिको प्रभावकारी र अन्तक्र्रियात्मक भएको अनुगमन गर्न एकजना शिक्षकलाई जिम्मेवारी दिइएको छ । ति शिक्षकले हरेक दिन अनलाइन कक्षामा एड भएर त्यसको अनुगमन गर्ने गर्छन् । यसले गर्दा अनलाइन कक्षा अझ प्रभावकारी बनाउन सहयोग मिलेको प्रअ घिमिरे बताउँछन् । यस्तै, विद्यार्थीहरुको नियमित अनलाइन हाजिरी गर्ने र अनुपस्थित भए टेलिफोन गरेर कारण बुझ्ने पनि गरिएको छ ।
अनलाइलाइन कक्षा नै प्रभावकारी
सरकारले रेडियो, टेलिभिजन, अनलाइनलागायतको विभिन्न सिकाइ विकल्पहरु सार्वजनिक गरेपनि विद्यालयले अनलाइन कक्षालाई मात्रै प्रयोग गरेको छ । ‘अनलाइन कक्षालाई नै प्रभावकारी बनाउने भनेर अन्य माध्यममा गएनौं । नर्सरी, केजीका विद्यार्थीलाई केही समस्या भएपनि अभिभावकलाई ओरिन्टेशन गरी उनीहरुको सहयोग कक्षा सञ्चालन गरिरहेका छौं ।’, प्रअ घिमिरेले भने । ‘सानाकक्षाकालाई संगीत, खेललगायतका विधिबाट कक्षा सञ्चालनको अभिभावक संग अन्तरक्रिया गरिएको छ ।’
पाठसक्ने यस्तो छ तयारी
विद्यालय खुल्ने निश्चित छैन । तर, केही समय अझै खुल्ने सम्भावना देखिन्न । यदि भदौ अन्तिम या असोजतिर विद्यालय खुलेमा कसरी पाठ सक्ने योजना छ त विद्यालयको ? प्रअ घिमिरे सार्वजनिक बिदा कटौती र थप कक्षा सञ्चालन गरेर भएपनि शैक्षिक सत्र पुरा गर्ने योजना बनाइएको बताउँछन् । ५–६ महिनामा सक्ने गरी पाठ योजना बनाइरहेको भन्दै उनले विद्यालयले यसअघि पनि बिहान देखि नै कक्षा सञ्चालन गर्ने गरेकाले अझै थप कक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ५–६ महिना विद्यालय सञ्चालन गर्न पाए पहिलाकै नतिजा निकाल्न सक्ने उनको दाबी छ । दशैंपछि गए चाँही अलिक असजिलो हुने उनको भनाइ छ ।
विद्यालय खोल्न हतार नगरौं
पूर्वतयारी, स्वास्थ्य सुरक्षाको सुनिश्चितता अघि नै विद्यालय खोल्न हतार गर्न नहुने प्रअ घिमिरेको भनाइ छ । एकजनामात्रै विद्यार्थीमा संक्रमण देखिए पुरा विद्यालय संक्रमित हुने भन्दै उनले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताउँछन् । विद्यालयमा हाल ६ सय ७६ विद्यार्थी र ५० जना शिक्षक कर्मचारी कार्यरत छन् । साथै आदरणीय अभिभावक र अन्य इच्छुक व्यक्तिहरुले सार्कको सप्mटवेयर सिक्ने चाहेमा हामी त्यसको तालिम दिन तयार रहेको पनि प्रिन्सिपल घिमिरेले बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds