तस्करका अवैध समान सशस्त्र प्रहरीको फन्दामा

लाल ब. एसके/कञ्चनपुर
सशस्त्र प्रहरी बलले कञ्चनपुरका विभिन्न स्थानबाट एकै दिन लाखौँमा समान बरामद गरेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नाकाबाट तस्करी भईरहेको अवस्थामा हार्डवेयर, किराना लगायतका समान बरामद गरेको हो । सशस्त्र प्रहरी बलले लकडाउन खुलेपनि तस्करले चोरबाटो भएर ल्याउने समान बरामद गर्दै भन्सार चलान गर्न लागेको छ ।


सोमबार बेलौरी पुनर्वास नगरपालिका क्षेत्रबाट लाखौँका हार्डवेयर, कालागौडी क्षेत्रबाट हार्डवेयर किरानाका समान, पचगडीया क्षेत्रबाट समान बरामद गरेको हो ।सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरसिह शाहुले भन्सार चोरी तस्करी गरेका समान बरामद गरिएको बताए । उनका अनुसार बेलौरीबाट एक लाख १० हजार, कालागौडीबाट ८२ हजार, एक सय, पचगडीडाबाट १३ हजार बराबरको चोरी तस्करीको समान बरामद गरेर भन्सार चलान गरिएको छ । सशस्त्र प्रहरीले लकडाउनका अघि पछि सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गरिरहेकोछ । सशस्त्र प्रहरीले तस्कर तह लगाउँदा राजस्व समेत चुहावट नियन्त्रण हुने देखिन्छ ।


भारतसंग जोडिएको कुल १२९.५किलोमिटर दुरीमा १०बिओपी स्थापना भएका छन् । तस्करले सीमा क्षेत्रमा रहेका कुनै जिम्मेबार निकायलाई घुस लिएर वा चोरी तस्करी गर्दा जसरीपनि फन्दमा पर्ने भएकाले भन्सार काटेर ल्याउँदा राज्यलाई कर तिरेको अनुभूति, गर्भपनि हुने स्थानीयको सुझाव छ । चोरी तस्करीको काम डरैडरले गर्नुभन्दा गर्भका साथ भन्सार तिरेर ल्याउनु स्वाभिमानी हुने स्थानीयको भनाई छ ।

ताजा समाचार