दाजुभाईको महिमाको राना थारु समुदायको तीज

  •  पहिलाद राना/कञ्चनपुर

साउन महिना देविदेवता कैलास जान्छन् । देविदेविता गएका बेला भुतपे्रतले मानिसमा आक्र्रमण गर्नबाट जोगाउन हिन्दुशास्त्र अनुसार घर घरमा झिझिरकाँडा लगाईन्छ । साउन महिनापनि मानव सभ्यताका लागि महत्वपूर्ण मानिन्छ । मानव सभ्यता जोगाउनका लागि साउन जोखिमपूर्ण महिनापनि हो । विज्ञानका अनुसार वाढिपहिरो भेल आउने महिना पनि साउनै हो । तर, कञ्चनपुर कैलालीमा राना समुदायमा तिजको रौनक छाएको छ ।

गाँउ गाँउमा परम्परागत पिङ्ग लगाएर खेलिरहेका छन् । पिङ्गखेल्दै महिला फाग गाईरहेका छन् । यो सबै दाजुभाईको दिर्घायुक लागि हो । कञ्चनपुरका महिला अधिकारकर्मी समेत रहेकी बेदकोट नगरपालिका ६सिसैयाकी प्रेमबती रानाले राना थारु समुदायमा माईने तिज परापुर्वदेखिको पर्व भएको बताईन् । ‘यो आजको परम्परा संस्कृति होईन, ‘परापुर्वदेखि मनाउँदै आएको संस्कृति हो, ‘उनले भनिन, ‘मुख्य गरेर दाजुभाईको दिर्घ जिवनका लागि हो ।’ साउन पहिलो सातादेखि मनाईने पर्व एक साता औपचारिक रुपमा माईन्छ । तर पिङ्गभने महिनाभरी खेल्छन् । ‘सबै महिला व्रर्त बसेर दाजुभाईको कामना गर्दछ, ‘उनले भनिन, ‘साँझ मात्रै पुजाआजा गरेर खाना खान्छन् ।’ बिहानैदेखि व्रत, दिनभरी राना थारुको परम्परात खाने परिवार खान्छन् । नदीमा कुसको गाँठो बनाएर बगाएपछि मात्रै खाना खान्छन् ।

परम्परागत पहिरनमा सजिएर पिङ्ग खेल्नेदेखि पुजा गर्ने प्रेमबतीले बताईन् । बेदकोट सिसैयाकै बृद्ध महिला घेरी रानाले पहिला पहिला आफुहरुले बचपनादेखि नै तिज मनाउने गरेको बताउदै उनले अहिलेका पुस्ताले परम्परागत पहिरन लगाउन छाडेकोमा चिन्ता व्यक्त गरिन् । ‘हामीहरुले बचपनादेखि नै परम्परागत पहिरन लगाए नै तिज मनाउँथे, ‘उनले भनिन, ‘अहिलेका पहिरन नै लगाउँदैनन्, कतै सस्कृति लोभ हुने चिन्ता जाग्यो ।’ सामुहिक पिङ्गखेल्ने र गित गाँउने चलनलाई साउने डोला पनि भनिन्छ । राना थारु समुदायका जनप्रतिनिधी समेत रहेका बेदकोट नगरपालिका ६ का वडाध्यक्ष फ्टटे रानाले राना थारु समुदायको साउनको तिज दोस्रो ठुलो पर्वको रुपमा लिन्छन् । ‘राना थारु समुदायको होली सबैभन्दा ठुलो पर्व हो, ‘उनले भने, ‘त्यसपछिको साउनको तीज नै हो ।’ उनले दाजुभाईको कामना र सुख, शान्ति र प्रगतिका लागि महिला व्रत बसेर तिज मनाउने गरेको बताए ।

औपचारिक रुपमा तिज बिर्सजन गरेपछि पनि पिङ्ग भने साउन महिनाभरी खेल्ने गरेको उनले बताए । राना थारु समुदायको लोक सस्कृति, भाषा समेत सरकारले सुचिकृत गरेकाले राना समुदायले मनाउने पर्व समेत संरक्षण हुने अपेक्षा गरे । कैलाली कञ्चनपुरमा राना थारु समुदाय साउने डोला अर्थात तीजको रौनक छाएको छ । कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी बेलडाँडी लालझाडी स्थानीय तहका गाँउ गाँउ टोलमा तिज मनाईदै छ । असारमा रोपाई सकिएसंगै साउनको पहिलो सातादेखि तिजको रौनकले रोपाईको थकान समेत हट्को छ । बालबालिकादेखि बृद्धबृद्ध तीनमा रमाएका छन् ।

ताजा समाचार