कंचनपुरमा २ अर्व भन्दाबढी बजेट फ्रिज, १४. ८७ प्रतिशतले खर्चमा कमी

प्रेमराज भट्ट / कञ्चनपुर
कंचनपुर जिल्लामा विगतका वर्ष झै यस वर्ष पनि बजेट फ्रिज जाने क्रमले निरन्तरता पाउने भएको छ । संघीय सरकार, प्रदेश सरकारअन्तर्गतका निकाय तथा जिल्लाका स्थानिय निकायहरुले बजेट समयमै खर्च गर्न नसक्दा बजेट फ्रिज भएको हो । जिल्लामा आर्थिक वर्ष २०७६÷२०७७ मा २ अर्व भन्दा बढी बजेट फ्रिज गएको छ । जिल्लाका सरकारी कार्यालयले चालु तथा पुँजीगत खर्च गर्न नसक्दा जिल्लामा संघ र प्रदेश सरकारको गरी २ अर्व १० करोड ३४ लाख ४ हजार ७ सय ११ रुपैया फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय महेन्द्रनगर कंचनपुरले जनाएको छ ।

जसमध्ये संघ सरकारको ११ अर्व २२ करोड २४ लाख ६६ हजार ७ सय ९२ रुपैया बरावरको बजेटमध्ये ९ अर्व ७९ करोड ५४ लाख ७५ हजार ४४६ अर्थात् ८७.२८ प्रतिशत चालु तथा पुजीगत खर्च भएको छ भने प्रदेश सरकारको कुल बजेट २ अर्व १५ करोड ९२ लाख ७२ हजार रुपैँयामध्ये १ अर्व ४८ करोड २८ लाख ५८ हजार ६ सय ३६ रुपैंया अर्थात ६८.६७ प्रतिशत कुल चालु तथा पुजीगत खर्च भएको छ । संघ र प्रदेशबाट आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित कूल चालु र पूँजीगत बजेट १३ अर्व ३८ करोड १७ लाख ३८ हजार ७ सय ९२ रुपैंयाबाट असार मसान्त सम्मको ११ अर्व २७ करोड ८३ लाख ३४ हजार ८२ रुपैंया कूल पूँजीगत र चालु खर्च भएको छ । कुल जम्मा पुजीगत तथा चालु खर्च प्रतिशत ७७.९८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा कूल जम्मा खर्च(चालु र पुँजीगत) ९२.८५ प्रतिशत भएको थियो । जुन कूल खर्च आर्थिक वर्ष ०७६÷७७ मा जम्मा पुजीगत तथा चालु खर्च प्रतिशत ७७.९८ प्रतिशत मात्रै भएको छ । आ.व.०७५÷०७६ को तुलनामा यो कुल खर्च १४.८७ प्रतिशतले कमी हुन आएको छ ।

जिल्लामा संघ सरकारको कुल बजेट ११ अर्व २२ करोड २४ लाख ६६ हजार ७ सय ९२ रुपैंयामध्ये चालु र पूँजीगत कूल खर्च असार मसान्तसम्मको ९ अर्व ७९ करोड ५४ लाख ७५ हजार ४४६ रुपैंया अर्थात् ८७.२८ प्रतिशत खर्च भएको देखिन्छ । यस्तै, प्रदेश सरकारको कूल बजेट २ अर्व १५ करोड ९२ लाख ७२ हजार रुपैयामध्ये १ अर्व ४८ करोड २८ लाख ५८ हजार ६ सय ३६ रुपैया अर्थात् ६८.६७ प्रतिशत कूल पूजीगत तथा चालु खर्च भएको देखिएको छ । कोभिड ( १९को महामारीले गर्दा लकडाउन लामो समयसम्म भएको र काम तोकिएको समय नहुनाले विकास बजेट खर्च हुन नसकेको अर्थशास्त्रीहरुको भनाई रहेको छ ।

जिल्लामा संघ र प्रदेशको बजेटमा चालु बजेट तर्फ खर्च क्रमशः ९१.२९ र ७०.६७ प्रतिशत रहेकोमा पुजीगत खर्चमा ७८.८३ र ६४.७३ प्रतिशत रहेको छ । यसरी हेर्दा चालु कुल खर्च ८०.९८ प्रतिशत भएकोमा पँुजीगत कुल जम्मा खर्च ७१.७८ प्रतिशत रहेको छ । चालु खर्च आ.व.०७५÷०७६ मा ९४ प्रतिशत रहेको थियो भने पुँजीगत खर्च सोहि आ.व.मा ९१.७० प्रतिशत भएको थियो । गत आ.व. मा भन्दा आर्थिक वर्ष ७६÷७७ मा चालु खर्च १३.०२ प्रतिशत र पुँजीगत खर्च १९.९२ प्रतिशतले खर्च घटेको देखिन्छ । यद्येपी, कंचनपुरमा राजस्व संकलनमा भने, ९.८१ प्रतिशतले वृद्धि भएको छ । आ.व. ०७५÷७६ मा २ अर्व ३२ करोड १५ लाख ७८ हजार १ सय ९६ रुपैँया राजस्व संकलन भएको थियो भने आ.व. ०७६÷७७ मा राजश्व संकलनमा ९.८१ प्रतिशतले वृद्धि भई २ अर्व ७६ करोड १७ लाख ८६ हजार ७ सय ७१ रुपैंया संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय महेन्द्रनगर कंचनपुरको तथ्यांकमा उल्लेख गरिएको छ ।

स्थानिय निकायतर्फ जिल्लाकै ठूलो तथा पुरानो नगरपालिका भीमदत्तनगरपालिकाले आ.व. ०७६/०७७ को असार मसान्तसम्म खुद बजेट ३५ करोड ९० लाख चार हजार रहेकोमा ३४ करोड २२ लाख ४७ हजार ६ सय १४ रुपैंया खर्च गरेको छ, भने गत असार महिनामा मात्रै ११ करोड ९३ लाख ७७ हजार ६ सय ६२ रुपैंया चालु खर्च गरेको छ । भि.न.पा.को पुजीगत बजेट २७ लाख ६ हजार मध्ये २२ लाख ८० हजार एक रुपैंया असार मसान्तसम्मको पुजीगत खर्च भएको छ, भने पँुजीगत खर्च असार महिनामा मात्रै १३ लाख ३५ हजार २ सय ६१ रुपैंया भएको छ । भी.न.पा.ले आ.व.०७६÷७७ मा पुँजीगत र चालु खर्च जम्मा ३४ करोड ४४ लाख ५५ हजार ६ सय १५ रुपैंया गरेको छ ।
समयमै काम नहुने र असारे विकास हुने हुनाले पनि वर्षैनी रकम फ्रिज जाने गरेको छ । यसरी वर्षेनी बजेट फ्रिज जाने क्रम संघीय संरचना आउद समेत बृद्धि हुनुलाई भने सकारात्मक आर्थिक प्रणालीको विकास हुन नसकेको मानिन्छ ।

ताजा समाचार

This will close in 10 seconds