भीनपा ५ स्थानीय सभाको अध्यक्षमा पन्त

कञ्चनपुरको भीमदत्त नगरपालिका ५को स्थानीय सभाको अध्यक्षमा दिपेश पन्त चयन भएका छन् । बिहीबार संजिवनी नेपालद्वारा संचालित कार्यक्रम अन्र्तरगत स्थानीय सभाको अध्यक्षमा पन्त चयन भएका हुन् ।

उपाध्यक्ष शुशिला सिह, सचिव गोबिन्द राज थापा, सह सचिव सित्तल जोशी, कोषाध्यक्ष नरेश चन्द, संयोजक दान ब. चन्द लगायतका रहेका छन् । संजिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले स्थानीय स्तरमा राम्रा कामको वकालत, नीति विपरित भएका कामको खबरदारी गर्दै विकासमा साझेदारी भूमिका निर्वाह गर्ने बताए । नागरिकका सबैखाले सवाल उठन गरेर समाधान गरिने समेत उनले बताईन् ।

ताजा समाचार

This will close in 10 seconds