सुप विश्वविद्यालयले सेनिटाईजर उत्पादन गर्यो

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सेनिटाईजर उत्पादन गरेको छ । भीमदत्त नगरपालिकाले कच्चा पदार्थ उपलब्ध गराएपछि सुप विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले हेण्ड सेनिटाईजर उत्पादन गरेको हो । विज्ञान तथा प्रविधि संकायक रशायनशास्त्रका प्रा.डा. भवानी चन्द (ठकुरी) नेतृत्वको टिमले सेनिटाईजर उत्पादन गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयका प्रशासन अधिकृत सन्तोष विष्टले कोडिभका कारण विश्वविद्यालयको केन्द्रीय क्याम्पस बन्द भएका कारण खाली रहेको विज्ञानको ल्याब सदुपयोग गरिएको बताए । ‘स्थानीय भीमदत्त नगरपालिकाले अनुरोध गरे बमोजिम विश्वविद्यालयले ३ सय लिटर सेनिटाईजर उत्पादन गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ, ‘उनले भने, ‘विश्वविद्यालयले बिक्रिका लागि होईन स्थानीय तहबाट अनुरोध भए बमोजिम खाली रहेको ल्याब सदुपयोग गरेर उत्पादन गरेको हो ।’

सेनिटाईजर ग्रहण गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सुप विश्वविद्यालयले नयाँ नयाँ तथ्य प्रमाण खोज अनुसन्धान कार्यमा सरिक हुनुपर्नेमा जोडदिदै नगरपालिकाका तर्फबाट सहयोग गर्ने बचन दिए । विश्वविद्यालयलाई नियमित पठन पठानका अतिरिक्त खोज अनुसन्धान तर्फ समेत सरिक गराउनुपर्नेमा मेयर विष्टको सुझाव छ ।

ताजा समाचार

This will close in 10 seconds