दैजी–बेलडाँडी हुलाकी सडकको बल्मा नदीमा ज्यानमारा खाडल

ठेकेदारले ठक्दा, पुल अधुरै यो बर्षातमा पनि यात्रुको ज्यान हल्केलामा

कञ्चनपुरको दक्षिणी भेग जोड्ने सबैभन्दा बढि छोटो दुरीमा रहेको दैजी बेलडाँडी सडक अर्थात हुलाकी राजमार्ग अन्र्तरगत बल्मा नदीमा ज्यानमारा खाडलले यात्रुको जोखिम बढाएकोछ । तत्तकालिन जिल्ला विकास समिति मार्फत ७बर्ष अघि निर्माण गरिएको स्लेभ ढलान भत्किएर मानिसको ज्यानै लिने खाडल बनेको छ । सो खण्डमा हुलाकी सडक निर्माणका लागि बेस तयार भएर कालोपत्रे नभएपनि सडक केही स्तरोन्नती भएको छ । हात्तीखण्डामा समेत कल्र्भट निर्माण गरिएको छ ।


भने बल्मा नदीमा पुल निर्माणमा ढिलाई हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । दैनिक जसो दुर्घटना भईरहन्छन् । भाग्यले मात्रै यात्रु बाँचेका छन् । खाडल भएको पुर्नका लागि तीनै सरकार (स्थानीय, प्रदेश र केन्द्र) उदाशिन देखिएका छन् । सो बल्मा नदीमा पुल निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीले चरम लार्पबाही गर्दा अझैपनि पुल बनेको छैन् ।


साढे तीन बर्ष अघि पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठक्दा, पुल अझै निर्माण भएको छैन् । दुई पिस मात्रै खडा गरिएका छन् । ठेकेदारका कारण पुल अधुरै छन, यस बर्षको बर्षातमा पनि यात्रुले ज्यान हत्केलामा राखेर जानुपर्ने बाध्यता छन् । सो सडकमा यात्रा गर्ने पैदलदेखि ठुला सवारी सबै जोखिममा छन् ।
महिनौँसम्म पनि खाडल हुँदा दैनिक दुर्घटना हुँदा पनि सम्बन्धीत निकाय गम्भिर भएको छैन् । स्थानीय सुरेन्द देउवाले साईकल, मोटरसाईकल र अटोका यात्रु बढि जोखिमा परेको बताए । ‘नियमित यही सडकबाट आवत जावत गर्नेहरु सचेत भएर हिड्ने गरेपनि नयाँ यात्रुलाई भने जोखिम छ, ‘उनले भने, ‘विच नदीमा खाडल परेको छ, त्यसमा पनि सरिया छन् ।’

दुई ठाँउमा स्लेभ टुट्दा पानीको बहाब अलिकती बढि हुँदा पनि यात्रुले खाडल भएको ख्यालै नगर्दा जोखिम बढाएको उनले बताए । ‘यो सडकमा दैनिक सयौँ टेक्टर, टिप्पर चल्छन, ‘उनले भने, ‘ठुला सवारी साधन भन्दा सानालाई बढि जोखिम छ ।’ महेन्द्रनगर बेलडाँडी नियमित यात्रा गर्ने बेलडाँडीका विकासप्रेमी नेता एव नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य जनक धामीले सम्बन्धीत निकायको वेवास्ता, उदाशिनताका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने भएको बताए । ‘सडक भत्किएको छ, पुल बनेको छैन, ‘उनले भने, ‘तलबाट खाडल परेको छ, म पनि मोटरसाईकल डो¥याएरै जाँन्छु ।’ दुर्घटना भएर मानविय भौतिक क्षति हुँदा भन्दा पहिले नै सडक बनाउनुपर्ने उनको सुझाव छ । सो सडकमा दैनिक कर्मचारी, मजदुर, सर्वसाधारण लगायत हजारौँले यात्रा गर्छन ।

ताजा समाचार