दोधारा चाँदनीमा सशस्त्रको बिओपी स्थापना

दोधारा 

माहाकाली नगरपालिकामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बिओपी बैलबन्द स्थापना भएको छ । आज अबेर साँझ माहाकाली नगरपालिकाको वडा नं. १ बैलबन्दमा रहेको नगर सिचाई भवनमा बिधिवतरुपमा सशस्त्र प्रहरीको सिमा सुरक्षा बल नेपाल बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् ।

नगर सिचाई भवनको ३ कट्टा जग्गामा सशस्त्र प्रहरीले आफ्नो पोष्ट स्थापना गरेको हो । नगर सिचाई भवनको २ कोठे भवनमा कोभिड १९ को बेला अस्थायी पोष्ट स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ७ नम्वर बाहिनी अत्तरियाका डिआईजी शंकर सिंह बुढा थोकीले साईन बोर्डको अनावरण गरि उद्धघाटन गरेका थिए । बिओपी स्थापना कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३५ नम्वर गणका गणपती एसपी बिर सिंह साँहुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी, सशस्त्र प्रहरीको सिमा सुरक्षा बल नेपाल बिओपीका प्रहरी निरिक्षक अर्जुन कुवर लगाएत सुरक्षा अधिकारीहरुको उपस्थिती रहेको थियो । अहिले आएर माहाकाली नगर क्षेत्रमा २ वटा सशस्त्र प्रहरीको बिओपी र १ वटा अस्थायी बिओपी रहेका छन् । माहाकाली नगरपालिका वडा नं. ३ को छोटी भन्सार कार्यालय नजिक सशस्त्रको स्थायी पोष्ट छ् ।

माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर क्षेत्रमा अस्थायी बिओपीलाई चाडै स्थायी पोष्टमा परिणत गर्ने बिभागको सुरसार रहेको बताईएको छ् । बिओपीको औपचारिक उद्घघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ७ नम्वर बाहिनी अत्तरियाका डिआईजी शंकर सिंह बुढा थोकीले बिओपीले सीमा सुरक्षाका लागि चौबिसै घण्टा सुरक्षा दिने, सबै खाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजश्व चुहावट नियन्त्रण गर्ने बताए । यसका साथै सिमा क्षेत्रमा गस्ती गर्ने र सीमा सुरक्षा निगरानी गर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds