कञ्चनपुर प्रकोपको उच्च जोखिममा शहरबजारमा वाढि, गाउँमा कटानी

मंगलबार देखि अविरल रुपमा परिरहेको बर्षाका कारण कञ्चनपुर प्राकृतिक प्रकोपको उच्च जोखिमा परेको छ । बर्षाका कारण शहरबजार क्षेत्र डुवान वाढिमा परेका छन्, भने गाउँ क्षेत्रमा कटानी भईरहेको छ । प्रकृति विनास एव जलवायु परिर्वतनका लागि प्रकोपले मानविय समुदायलाई नै कष्टदिईरहेको छ । चुरे भेग भएर बग्ने साना तथा खोला खहरेखोला नालाका कारण जिल्लाका विभिन्न ग्रामिण तथा शहरीबस्तीमा पानी पसेर जलमग्न भएका हुन् । ग्रामिण भेग भन्दा शहरी क्षेत्रमा जलमग्न भएको छ ।

ग्रामिणभेगतिर कटानी र शहरीभेगतिर डुवान भईरहेको स्थानीयले बताएका छन् । वाढिपुर्वानुमान महाशाखा अनुसार कञ्चनपुरको सुन्दरपुर स्थित बर्षामापन केन्द्रमा भारी बर्षा भईरहेको छ । चौधर, मोहना मछेली क्षेत्रमा पानीको बहाव बढ्दै गएको छ । महाकाली नदीमा पानीको सतह ३.५ मिलिमिटर पुगेको छ । भने कञ्चनपुरको उत्तरी र दक्षिणी भेगमा बर्षा फरक फरक भईरहेको छ । उत्तरी भेग महेन्द्रनगर क्षेत्रमा १४.८ मिलिमिटर र बेलौरीमा ४.२ मिलिमिटर बर्षा भईरहेको वाढिपुर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपुरका स्थानीयले अबिरल रुपमा परेको बर्षातक कारण पानी थुनिएपछि डुवान भईरहेको बताएका छन् । भीमदत्त नगरपालिका ३ भाँसीका स्थानीय गौराज बहादुर लिम्बुले उत्तरदेखि बगेर आउने खहरेखोलाका कारण निकास नहुँदा भाँसी क्षेत्र डुवानमा परेको बताए । बेलडाँडी गाउँपालिका १ झर्नासागरका स्थानीय सुरेश देउवाले उत्तरी भेगमा बर्षा बढि हुँदा झर्नासागरमा पनि पानीको वहान बढेको बताए । ‘उत्तरमा पानी पर्दा दक्षिणमा पानी बढेर आउँछ, ‘उनले भने, ‘केही स्थानीयको जमिन सुक्ष्म रुपमा कटानी गरिरहेको छ ।’ बेलडाँडीका क्षेत्र बैवााह, झिलमिला, खैरीघाट, रतनपुरका केही बस्ती डुवानमा परेका छन् ।

 

भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजार सहित, ऐठपुर, १८ सालघारी, खैरभट्टी आसपासका क्षेत्र पनि डुवानमा परेका छन् । उत्तरी चुरे भेग भएर बग्ने खोला नालाका कारण डुवान भईरहेको छ । ‘बजार पूर्ण डुवानमा छ, ‘स्थानीय धनसिह धामीले भने, ‘बिहानदेखि हामी बाहिर आउन पाएका छैनौँ ।’ खैरभट्टी क्षेत्रमा जलमग्न भएका कारण पाँच जना स्थानीको घर र गोठमा पानी पसेको छ । निड्स नेपाल कञ्चनपुरका कोषाध्यक्ष रविन्द्र देवकोटाले मायाराम चौधरी, धर्मराज भण्डारी, दोमादेवी श्रेष्ठ, दिनामणी पाण्डे र अर्जुन पाण्डेको घरको राशन र बस्तुचौपायाको उद्दार गरि अयन्त्र सारिएको बताए । ‘उत्तरी चुरे र बजारदेखिका सबै खोलानाल खैरभटी आएर एकैमा मिसिन्छन, ‘उनले भने, ‘पानीको उचित निकास भएन् ।’ खोलानाला अतिक्रमण गरेर घर बनाउँदा डुवान भईरहेको उनको अनुभवछ । कञ्चनपुरमा रहेका नदीखोला तथा नालामा पानीको बहाव बढेसंगै तटिय क्षेत्रका स्थानीय त्रसित भएका छन् । महाकाली, दोदा नदी कटानी र पटानी गर्ने मुख्य नदीमा रुपमा रहेका छन् । दोदा नदी छेउमै घर भएका लालझाडी गाउँपालिका ४ जाईका पदम रानाले नियमित बर्षा हुँदा कटानीको हुने चिन्ता व्यक्त गरेका छन् । ‘विगतका बर्षहरुमा पनि नियमित बर्षा हुँदा कटानी हुन्थ्यो, ‘मान्छे विस्थापित हुन्थे,अहिले पनि हामीलाई चिन्ता लागेको छ ।’ कञ्चनपुरको चाँदनी, दोधारा, महेन्द्रनगर, सुडा, दैजी, बेलडाँडी, बेलौरी, पुनर्वास, शंकरपुर, गुलरिया, वाणि, झलारी, देखतभूली, बनसमिति लगायतका क्षेत्रमा रहेका बजारमा डुवान, जलमग्न भएको छ । भने ग्रामिण भेगतिर कटानी भईरहेको छ ।

प्रकृति बिरोधी मानविय कृयाकलापका कारण कञ्चनपुरमा कटानी, पटानी र डुवान हुने गरेको सिद्धनाथ विज्ञान क्याम्पस भौतिक विज्ञानमा स्नाकोत्तरका विद्यार्थी नरेन्द्र भाटको भनाई छ । ‘हाम्रै मानविय कारणबाट प्राकृतिक विपद्ी भोकिरहेका छौँ, ‘उनले भने, ‘चुरे भएर बग्ने नदीनाला विभिन्न मानविय कृयाकलापमा थुनिदा डुवान कटान भयो ।’ नदी तथा खोला नालाको हेड टु टेल अर्थात शिरानीदेखि पुछारसम्म कुनै अवरोध बिनै दायाँबाया तटबन्धनका काम अघि बढाएपनि कटानी नहुने उनको भनाई छ । अबिरल रुपमा परिरहेको बर्षाले विपती ल्याउने भएकाले सजक रहन उनले आग्रह गरे । बर्षातका कारण जनजिवन समेत प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुले वाढि, कटानी आउने सक्ने भएकाले मातहतका निकायले हाईअलटमा बस्न निर्देशन दिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता केही बस्ती क्षेत्रमा जलमग्न भएपनि मानविय र भौतिक क्षति नभएको बताए । वाढि तथा जलमग्न प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा निकाय, जनप्रतिनिधी, उद्दारकर्मी खटिएका छन् ।

थुनिएको पानी खोलिरहेका छन् । बर्षातका कारण कञ्चनपुरमा ससाना झुपडी बनाएर बसेका आरक्षपीडित, भूमिहिन,सुकुमबासी, विपन्न समुदाय बढि मारमा परेका छन् । थोरै बर्षा हुँदा पनि पानीको सतह बढेर कच्ची घरमा पसिरहेको छन् । भने पानी बग्ने मुहानका पक्की वा कच्ची घर किन नहुन सबैमा पानी पसिरहेको छ । बर्षातका कारण कतै दुख भएपनि राना थारु समुदाय हर्षित मोडमा माछा मारिरहेका छन् । प्रकोपबाट बाँच्नका लागि पुर्व तयारीको कमि नहुँदा जताजतै समस्या देखिईरहेको छ ।

ताजा समाचार