पर्यटन क्षेत्र आर्थिक धरासयी हुने चिन्ता

  •  चन्द्रकान्त जोशी

विश्वभर कोरोना भाइरसको संक्रमणले त्रासपूर्ण वातावरण सृजना गरेको छ । नेपाल पनि कोरोनाको संक्रमणबाट अछुतो रहन सकेको छैन । नेपालमा पनि लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसको संक्रमणदर दिन प्रतिदिन उच्च हुँदै गएको छ । सरकारले लागू गरेको लकडाउन देशभर खुकुलो बनाइएपनि यसको प्रत्यक्ष असर भने पर्यटन क्षेत्रमा परेको छ । पर्यटन क्षेत्रमा लागेका व्यवसायी, पेसाकर्मी, तथा संघ सस्था सबैलाई समस्या भएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको सुरुवातमै कोरोना भाइरसले पर्यटन क्षेत्रमा धरासयी बनाएको छ । लामो समयको लडकाउन र कोरोना भाइरसले हवाइ क्षेत्र पूर्ण रुपले प्रभावित हुँदा पर्यटन क्षेत्रमा लगाएको लगानी डुब्न सक्ने भन्दै आर्थिक चिन्ता पनि उत्तिकै छ ।

वर्षौबाट पर्यटन क्षेत्रमा लागेका तथा आफ्नो दैनिक जिविका पर्यटन क्षेत्रबाटै चलाउनेलाई दैनिक छाक टार्न झन् समस्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका –१७ स्थित नयाँ बस्तीका कुम ठाकुर विगत ६ वर्षदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेचर गाइडको रुपमा कार्यरत छन् । वर्षौबाट नेचर गाइडका रुपमा कार्यरत उनलाई अहिले दैनिकी धान्न समस्या भएको छ । उनीसँगै निकुञ्जमा कार्यरत नेचर गाइडलाई लकडाउनले पर्यटकको आगमन रोकिएपछि दैनिकी चलाउनै समस्या परेको छ । “पर्यटनलाई निकुञ्जको अवलोकन गराई मनोरञ्जन दिने कामबाट आफ्नौ दैनिकी चलाउन सजिलो थियोे ।” नेचरगाइड कुम ठाकुरले भने, “लकडाउनका कारण निकै जटिल समस्या भोग्नु परेको छ ।” सिजनमा दैनिक जयौं पर्यटक आउने शुक्लाफाँटामा लकडाउनले पर्यटन आवागमन नै ठप्प रहेको उनले बताए । पर्यटक प्रथ प्रदर्शको रुपमा कार्यरत उनी जस्तै अन्य ८ जना नेचर गाइड पनि पेशा नै धरापमा पर्ने चिन्तामा छन् । लकडाउन सुरु भएदेखि बेरोजगारी भएर बस्नु परेको उनले बताए । लगडाउन खुले पनि सिजनमा पथ प्रदशक गर्न नपाउँदा आर्थिक समस्या भएको उनको भनाई छ । “यो वर्षभरिकै समयतालिका विग्रिएको भएको छ, केही वर्ष लगाडि विदेशको दुःख भोगेर आएको थिए ।” उनले भने, “स्वदेश आएपछि सुरु गरेको कामबाट खुसी थिए, तर लकडाउनले गर्दा परिवार चलाउनै समस्या भएको छ ।” कोरोनाको महामारीले पर्यटक नआउँदा आफूहरूको रोजगारी धरापमा परेको उनले बताए । पर्यटक आवागमन बन्द भएपछि निकुञ्जलाई पनि आर्थिक समस्या भएको छ । “निकुञ्जले अघिल्लो वर्ष पर्यटकबाट १५ लाख आम्दानी गरेको थियो ।” निकुञ्जका संरक्षण प्रमुख अधिकृत लक्ष्मण पौड्यालले भने, “यस वर्ष पर्यटकको आवागमन कम हुँदा आम्दानीमा पनि कमी आएको छ ।” यस वर्ष निकुञ्जले पर्यटकबाट १० लाख भन्दा कम आम्दानी गरेको उनले बताए ।

पर्यटनको आवागमनमा एक्कासी आवागमान ठप्प हुँदा सोचेअनुरुप राजस्व स्वरुप आम्दानी गर्न असफल भएको निकुञ्जले जनाएको छ । नेपाल भ्रमण वर्षको सुरुवातमा निकुञ्जले उत्साहका साथ विभिन्न कार्यक्रम सुरु गरेपनि कोरोना महामारीले गर्दा कार्यक्रमलाई प्रभावकारी रुप नलिएको संरक्षण अधिकृत पौड्यालले बताए । यस वर्ष पर्यटकको संख्यामा वृद्धि गरेर १० हजार पर्यटक भित्राउने योजना रहेको उनले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका लागि फागुनदेखि जेठ महिनासम्म अवलोकनका लागि राम्रो सिजन मानिन्छ । यस पटक भने कोरोना भाइरसले गर्दा निकुञ्जमा सिजनको बेला पर्यटक आवागमन नहुँदा निकुञ्जको वरिपरिको क्षेत्रमा भइरहेका आथिक गतिविधिमा पनि कमी आएको छ । यता पर्यटन व्यवसायी पनि कोरोना भाइरसले गर्दा आफ्नो व्यवसायनै चौपट भएको बताउँछन् । सरकारले गरेको लकडाउन खुकुलो भएपनि दिन प्रतिदिन ब्याज र कर्जाले पिरोल्दै लगेको उनीहरुको गुनासो छ ।

पर्यटन वयवसायी परमानन्द भण्डारीले आफ्नो व्यवसाय बन्द गनुपर्ने अवस्था आएको बताए । “म जस्ता पर्यटन व्यवसायी हरुले पर्यटन क्षेत्रमै ठूलो लगानी सुरु गरेको अवस्था थियो ।” भण्डारीले भने, “आफ्नो व्यवसायमा ठूलो लगानी गरेर सुरु गरेको थिएँ, कोरोना भाइरसले गर्दा लकडाउन गरिएपछि आफूले सुरु गरेको व्यवसाय बन्द गनुपर्ने अवस्था आएको छ ।” आफ्नो भएको खेत, जमिन धितोमा राखेर व्यवसाय सञ्चालन गरेको भएपनि कोरोनाले व्यवसाय सञ्चालन गर्न नपाउँदा समस्या भएको उनले बताए ।

ताजा समाचार

This will close in 10 seconds