बर्षा शुरुसंगै असार दोस्रो साता कञ्चनपुरको चुरे फेदमा लोपोन्मुख संरक्षित अंजिङगर फेला पर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदमा लोपोन्मुख अजिङगर फेला परेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चुरे जंगलबाट बस्तीतर्फ आईरहेको अंजिङगर स्थानीयले देखेपछि वनमा खबर गरेको बताए । उनका अनुसार जंयशंकर सामुदायिक वन क्षेत्रमा ४० किलो तौल र ११ फिट लम्बाईको अंजिङगर फेला परेको छ । ‘अजिङगरले कुनै सानो जनावर खाएको रहेछ, ‘उनले भने, ‘त्यही भएर विच पेट फुलेको थियो ।’ चुरेमा फेला परेको अजिङगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
गाउँमै अंजिङर आउन थालेपछि वन संरक्षण भएको स्थानीयको भनाई छ । झट् हेर्दा स्थानीय अंजिङगर देखेर त्रसित भएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)