सलह किरा मारेर वडामा बुझाएमा प्रति किलो २० रुपैया पाइने

भारत हुँदै शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो सलह कीरा (फट्याङग्रा) प्रवेश गरेको थियो । त्यस पश्चात पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको  हो ।

यसरी आकस्मिक बसेको बैठकले सलह कीरा (फट्याङग्रा) रुपन्देहि जिल्लामा प्रवेश भैसकेकोले यसको प्रभाव बुटवल र त्यसको आसपासको क्षेत्रमा पनि हुने हुदाँ सलहाको रोकथामको लागी चार बुँदे निर्णय गरेको छ । जसमा यो किरा साँझापख बोेटविरुवामा झुण्ड भै बास बस्ने हुदाँ किरा देखिना साथ सम्बन्धित स्थानिय तहको कृषि विकास शाखा, वडा कार्यालय, कृषि ज्ञानकेन्द्र, कृषि विकास निर्देशानालयमा सम्पर्क गर्ने, मालथियन ३ एम.एल १ लिटर पानीमा वा क्लोरोपाईरिफस नाम विषादि २ एम.एल प्रति लिटर पानीमा घोलि स्प्रे गर्ने, सलह किरा मारेर वडामा बुझाएमा प्रति किलो रु. २० का दरले पाइने साथै धानवालिको विउ, तरकारी वाली तथा अन्य वालीहरुको बचावटका लागि झुल वा जालिले छोप्ने ठुलो ध्वनी, धुवाको प्रयोग गर्न अनुरोध गरेको छ ।

एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटर सम्म बथान बनाएर हिड्न सक्छन् भने फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका रहेको छ ।

ताजा समाचार