कामदार नहुँदा महाकाली चारलेन पुल निमार्ण प्रभावित

  • चन्द्रकान्त जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्ण भइरहेको चार लेनको पक्की पुलमा काम गर्ने कामदार नहुँदा पुल निमार्ण प्रभावित भएको छ । विश्वभर कोरोनाको महामारीले क्रास पुर्ण वातावरण बनाएको समयमा पुल निमार्णमा कार्यरत कामदारलाई कोरोनाको सम्भावित जोखिम सँगै संक्रमण हुन नदिन स्थानिय प्रशासनले घर पठाएपछि पुल निमार्ण प्रभावित बनेको हो । पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले चारलेनको महाकाली पुलको पुलको लक्ष अनुसारको प्रगती हासिल नभएको जनाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं २०७४ भदौमा पुलको शिलान्यास गरेका थिए । सो पुल निर्माणको सम्झौता भने ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो ।

कम्पनीका इन्जिनियर किशोर राज पाण्डेयका अनुसार कोरोनाको महामारी सँगै कामदार नहुँदा सवैजसो निमार्ण कार्य ठप्प रहँदा लक्ष अनुसार काम गर्न असहज भएको जानकारी दिए । लक्ष अनुसार हाल सम्म पुलको भौतिक प्रगती ६० प्रतिशत पुगाउने भएपनि कोरोनाको प्रभावका कारण ४८ प्रतिशत मै सिमित रहन पुगेको छ । पुलको ३४ ओटा पिल्लर मध्ये ३० ओटा पिल्लरको काम सकिएको छ । यस्तै ३२ ओटा स्लायव मध्ये ६ ओटा स्लायावको काम पनि सकिएको छ । ८ सय मिटरको लम्बाई र २३.८ मिटरको चौडाई रहेको पुल निर्माण कार्यसंगै पश्चिमी सीमानाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमिटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि धेरै जसोे सकिएको छ ।

उनका अनुसार अहिले महाकालीमा पानीको मात्रा बढेको भएपनि कामदार भएको अवस्थामा पुल निमार्ण कार्यको केही काम गर्न सकिने अवस्था रहेको बताए । “सम्पन्न भएकोे ६ ओटा स्लायाव पनि स्थानिय प्रशासनसँग समुन्वय गरेर क्वारेन्टाइन कामदारलाई प्रयोग गरेर मुस्किलले सकिएको हो ।” इन्जिनियर पाण्डेयले भने, “स्लायाव हालेपछि उनीहरु पनि घर गए, पुल निमार्ण स्थलमा केही स्थानिय कामदार भएपनि पुलमा काम गर्ने कामदार एउटा पनि छैन, पुलको निमार्ण कार्य सवै ठप्प जस्तै छ ।” चारलेनको महाकाली पुलमा दैनिक तिर चास सय कामदार काम गर्ने भएपनि अहिले भने १६ जना स्थानिय कामदार मात्रै भएको पाण्डेयले बताए । गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको काम सकिएको कम्पनीले जनाएको छ ।
अहिले पुलको दुवेतिर वरीपरी दुई–दुई ओटा पोखरी निमार्ण हुने भएकोले ड्याम बाधेर पानीको साइड परिवर्तन गर्ने काम पनि चलिरहेको छ । कोरोना कै कारण कम्पनीले ठुलो घाटा लाग्ने पनि अनुमान गरेको छ । “पुल निमार्णको पहिलो वर्ष मुहाब्जा विवादले काम गर्न पाइएन, यसपटक कोरोनाले पुल निमार्णलाई झन पर धकेलेको छ ।” इन्जिनियर पाण्डेयले भने, “समयमै निमार्ण सकेमात्रै कम्पनीलाई नाफा हुने गर्छ, कोरोनाका कारण अनावश्यक खर्च वढ्ने भएकोले निमार्ण कम्पनीलाई समेत घाटा हुने सम्भावना छ ।” कोरोना भाइरसको प्रभाव कम नहुादा सम्म काम गर्न समस्या नै हुने उनले बताए । सम्झौता अनुसार पुल निर्माण कार्य वि.सं २०७८ जेठमा सकिने भनेपनि कोरोना कै कारण पुल निमार्ण ढिलाई हुने भएको छ ।

“काम गर्ने सिजन भनेको फागुन देखी जेठ महिना सम्म हो, सिजनभरी कोरोको प्रभावले गर्दा काम गर्न पाइएन ।, सिजनमा काम गर्न पाएको अवस्थामा महिनाको ५ प्रतिशत प्रगति गर्ने लक्ष हुन्छ, बिचमा काम गर्न मिलेपनि लक्ष्य अनुसार अगाडि वढ्न समस्या भयो ।” उनले भने, ।स्थानिय कामदार लगाएर केही काम गरेको अवस्था भएपनि पुलको काम भने बन्द रहेको उनले बताए ।
नालाको काम, जालीको काम, पिच बनाउन चाहिने चिप्सको उत्पादन, वालुवा उत्पादन, हुमपाइप राख्ने काम भने अहिले चलिरहेको छ । “१४ किलो मिटर नाला मध्ये ४ किलो मिटर नाला निमार्ण सम्पन्न भएको छ ।, ७ ओटा स्पर मध्ये ६ ओटा सम्पन्न भैसकेको अवस्था छ र जाली भर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।” इन्जिनियर पाण्डेयले भने, ।
सम्झौताअनुसार चारलेनको महाकाली पुलको निर्माण कार्य वि.सं २०७४ भदौमा सुरु भएर वि.सं २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष बिचमा थप गरिएको थियो । थप गरिएपछि २०७७ भदौ बाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गते समयसीमा तोकिएको निर्माण कम्पनीले जनाएको छ ।

ताजा समाचार