पत्रकार महासंघद्वारा अस्पताललाई पिपिई सेट

नेपाल पत्रकार महासंघले कोडिभ १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र चिकित्सकका लागि पिपिई सेट सहयोग गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाद्वारा पत्रकार महासंघ शाखा कञ्चनपुरलाई उपलब्ध गराईएका व्यक्तिगत स्वास्थ्य सुरक्षाकर्मी (पिपिई सेट) महाकाली अस्पताललाई सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्यद्वय कौसिल्या ओझा , कृष्णानन्द भट्ट९किरण० लगायत अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ । पत्रकार महासंघले महाकाली अस्पताललाई २३ सेट सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले कोडिभ १९ मा रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मी एव चिकित्सकलाई उपचारमा सहयोगका लागि पिपिईसेट सहयोग गरिएको बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य एव चिकित्सकहरुले पत्रकार महासंघबाट प्राप्त सहयोगबाट कोडिभ उपचारमा सहयोग पुग्ने बताएका छन् ।

ताजा समाचार