जनबाहिनी नेपालद्धारा बेदकोटलाई सडक मर्मत गर्न माग

जनबाहिनी नेपालले कञ्चनपुरको बेदकोट नगरपालीकालाई सडक मर्मत तथा सुधार गर्न माग गरेको छ ।

बेदकोट नगरपालीका–७ सुन्दपुर–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाटो बर्खामा पानीले भरीने हुदाँ आवतजावत गर्न स्थानियलाई कठिन भएको भन्दै तत्काल बाटो मर्मत गर्न नगरपालिकालाई मौखिक माग गरीएको जनबाहिनी नेपालका संयोजक शिरोमणी कुमार ओझाले बताए ।

उनले भने ‘बाटोमा ग्रभेल नहाल्दा बर्खामा पूरै पानी भरिन्छ ।’ उनले थपे ‘त्यसैले नगरपालीकालाई बाटोमा ग्राभेल हाल्न हामिहरुले मौखिक माग गरेका छौ ।’ तत्काल बाटो मर्मत नगरे आन्दोलन गर्ने संयोजक ओझाले चेतावनी दिएका छन् ।

ताजा समाचार