यातायात मजदुर संगठनको स्थापना दिवसमा रक्तदान

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीबीच संगठन आबद्ध मजदुरहरुले मंगलबार विहान नेपाल रेडक्रस सोसाइटीमा रक्तदान गरेका छन् । संगठनले बर्सो देखी आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

यस वर्ष रक्तदान र दिप प्रज्वलन कार्यक्रम राखिएको संगठनका अध्यक्ष हर्क बहादुर रावलले जानकारी दिए । ‘कोरोना महामारीका कारण अरु कार्यक्रम गर्न सकिने अवस्था भएन’ उनले भने,‘विहान रक्तदान गरिएको छ, साँझ दिपावली गर्छौ ।’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य बहादुर खडायतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा जिफन्टका भीमदत्त नगर कमिटी अध्यक्ष राम नाथ, उपाध्यक्ष भोज ऐरी, नेताहरु दुर्गा रावल, जय बहादुर विष्ट, देब बहादुर थापा, प्रकाश चन्द, महेश्वर खडायत, संगठनका नगर कमिटी अध्यक्ष हर्क बहादुर रावल, उपाध्यक्ष शंकरदत्त जोशी, सचिव टेकराज जोशी, कोषाध्यक्ष निर्मला विष्ट लगायतका सहभागी भएका छन् । संगठनका नगर कमिटीका रावलको अध्यक्षतामा कार्यक्रम गरिएको छ । वसपार्कसिस्थत धर्मानन्द पन्त स्मृति भवनमा उपस्थित भएर नेताहरु रक्तदानका लागि रेडक्रस सोसाइटी कार्यालयमा गएको संगठनका कार्यालय प्रमुख भानी चन्दले जानकारी दिए ।

ताजा समाचार