मिलोमतोमा धमाधम भारतीय ट्रकमा तरकारी र फलफुल भित्रिदै

भारत कोरोना महामारीको उच्च जोखिममा छ । नेपाल भन्दा भारतमा कोरोनाको संक्रममण तिब्र रुपमा अघि बढिरहेको बेला । कोरोनाको उच्च जोखिममा रहेको भारतबाट भारतीय नम्बर प्लेटका सवारी साधन ट्रकका ट्रकमा दैनिक फलफुल तथा तरकारी नेपाल भित्रिरहेको छ ।

असारको शुरुवातसंगै लकडाउन खुकुलो पार्ने निर्णयसंगै भारतबाट अनिवार्य खाद्यान्न बस्तु आयात गर्न दिने सरकारी निर्णय भएपनि भारतीय ट्रकमा धमाधम तरकारी र फलफुल आईरहेको छ । महेन्द्रनगरका तरकारी व्यवसायी शिवराज गुप्ता, बिरेन्द्र गुप्ता, घटाल फुट सेन्टर, जगदुर्गो फुट सेन्टर लगायतका तरकारी पसलमा धमाधम भारतबाट तरकारी आयात भईरहेको छ । भारतीय नम्बर प्लेटका सवारी साधनबाट दैनिक धमाधम भारतबाट तरकारी आयात भएपछि स्थानीय बिरोधमा उत्रिएका छन् ।

नेपाली किसानका खेतका तरकारी कुहिरहेका बेला भारतबाट जोखिम मोलेर भारतीय तरकारी नेपाल भित्रिन थालेपछि स्थानीय एव उपभोक्ता आक्र्रोसित भएका छन् । भारतबाट धमाधम तरकारी महेन्द्रनगर भित्रिन थालेपछि स्थानीय केही व्यवसायी बिरोधम उत्रिएका छन् । व्यवसायी समेत रहेका राष्ट्रिय उपभोक्ता हित मञ्चका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले मिलोमतोम भारतीय ट्रकमा कोरोना भित्र्राउने काम भईरहेको आरोप लगाए । ‘अहिले कोरोनाका उच्च जोखिम छ, ‘उनले भने, ‘नाका बन्द हुँदा भारतीय सवारी साधनमा कसरी आईरहेको छ, तरकारी फलफुल ।’ कोरोनाका बेला भारतबाट आउने तरकारी एव फलफुलको गुणस्तरियताको के ग्यारेन्टी भन्दै उनले प्रशन गरे । सीमा क्षेत्र गड्डाचौकीदेखि महेन्द्रनगरसम्म प्रहरी छन, तर कहिकतै उनीहरुलाई नरोकेपछि उनले मिलोमतेमा आएको दावि गरे । ‘भारतीय नम्बर प्लेटका सवारी साधनमा यसरी कोरोना भित्र्राउने हिसाबले तरकारी र फलफुल आयात भईरहेको छ, ‘उनले भने, ‘यसमा कुन कुन प्रहरी निकायले पैशा खाईरहेका छन, त्यसको पनि छानबिन हुनुपर्छ ।’ सत्तारुढ दल नेकपा निकट अनेरास्ववियू कञ्चनपुरका नेताहरुले महेन्द्रनगरमा भारतीय नम्बर प्लेटका सवारी साधन देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेता कैलाशचन्द्र गिरीले मिलोमतोमा भारतबाट नेपालीको स्वस्थ्यमा खेलवाड गर्ने हिसाबले खाद्य बस्तु आयात भईरहेको बताए । ‘दिनदाहडै भारतबाट तरकारी आईरहेको छ, ‘उनले भने, ‘किन रोकिएको छैन, सीमा क्षेत्रमा गुणस्तरियता र स्वच्छता नाप्ने मेसिन छैन् ।’ उनले यसरी आईरहेको तरकारी बारे छानबिन गर्नुपर्ने बताए ।

अनेरास्ववियूका अर्का नेता सुरेश भट्टले धमाधम भारतबाट तरकारी आउँदा जोखिम बढेको बताए । उनका अनुसार नेपाली किसानकै तरकारी खपत गर्नुपर्छ । भन्सार काटेर आएका दुई भारतीय ट्रकलाई वडा प्रहरी कार्यालय महेन्दनगरको टोलीले नियन्त्रणमा लिएर भन्सार पठाएको थियो । तरकारीवालाहरुले भने प्रहरीसंग सोधेरै भारतबाट तरकारी ल्याएको बताउदै केही व्यक्तिले अनावश्यक दुख दिईरहेको गुनासो पोखेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले अतिआवयक खाद्य समान ल्याउन दिने भनेपनि भारतीय ट्रकमा ओसार्ने नहुने बताए । उक्त ट्रकमाथि छानबिन गरिने उनले बताए । यसरी कोरोनाको महामारीका बेला तरकारी आयात हुन थालेपछि स्थानीयले बलतल्ल नेपाली तरकारी लगाउने काममा संलग्न भएका बेला फेरी भारतबाट तरकारी आएर परनिर्भर बनाउन खोजेको समेत टिप्पणी गरेका छन् ।

ताजा समाचार