नौ वर्षिय बालिका बलात्कारको आरोपमा युवक पक्राउ

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिय बालिकामाथि बलात्कार भएकोछ । गएराती बालिका माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापाले बताए ।

बैतडी मेलौली घर भई केही दिन यता फुपु नाता पर्नेको घरमा बस्दै आईरहेका २० बर्षिया पुरुष बीरेन्द्र दयाल बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिकाका परिवारजनले दयालका बिरूद्ध जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा उजुरी दिएपछि बिरेन्द्र दयाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बिरेन्द्र दयाल र बालिकाको स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पताल लगेको थापाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले घटना बारे अनुसन्धान भईरहेको बताएको छ । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

लकडाउनको मौका छोपी यसरी बालिकामाथि बलात्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरूले समेत घटनाको घोरभत्रत्सना गरेका छन् । महामारीका बेलामा पनि बालिकामाथि बलात्कारका घटना नरोकिएको भन्दै दुख व्यक्त गरेका छन् ।

ताजा समाचार