अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

कञ्चनपुरको दक्षिण क्षेत्र बेलडाडी गाँउपालिकामा रहेका अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरीएको छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी रुपमा लगाएको लकडाउनले पारेको प्रभावलाई मध्य नजर गर्दै शुक्रबार नेपाल अपाङ्ग महिला संघको आयोजनामा बेलडाडी गाँउपालिकाको समन्वय र सिबीएमको आर्थिक सहयोगमा स्पारल इन्जुरी अपाङ्गता भएका आठ जनालाई अति आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरीएको नेपाल अपाङ्ग महिला संघकी कार्यक्रम संयोजक पुजा पन्तले बताईन ।
उनको अनुसार उक्त क्षेत्रमा रहेका असाहय अपाङ्गता भएका ५पुरुष धरम चौधरी, कुल बहादुर ओली, खेम बहादुर धामी, विबेक खडका र डेविट राना र ३ जना महिला कामना ओली, विपना उपाध्याय र विक्खो देवी रानालाई युरीन व्याग, सीआइसी पाइप, डाइपर, जेली, लगायतको अति आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरियो । ‘यसरी आफुहरुले यस्तो महामारीको बेलामा घर दैलोमा गएर सानो सहयोग गर्न पाउदा आफु लगायत आफनो संस्थालाई सारै खुशी लागेको र साथ, सहयोग र समन्वय गर्ने संस्थाहरुलाई पनि हार्दिक आभार व्यक्त गरीन ।


उक्त संस्थाले लकडाउनको बेला बजारको पहुचमा नभएका अति अपाङ्गता भएका व्यक्तिहरलाई वेदकोट, पुर्नवास, बेलडाडी लगायतका स्थानीय तहमा खाद्यान वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here