लुम्बिनी बैंकद्वारा अनाथालय र बृद्धआश्रममा खाद्यान्न सहयोग

लुम्बिनी विकास बैंक शाखा महेन्द्रंनगरले कोरोना महामारीबाट खाद्य संकट भएका अनाथालय र बृद्धसेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ ।

लुम्बिनी विकास बैंक शाखा महेन्द्रनगरका प्रबन्धक अशोक जोशीले महामारीका बेला खाद्य सुरक्षा र बैंकको समाजिक सुरक्षाका लागि अनाथालय र बृद्ध सेवा केन्द्र आश्रममा खाद्यान्न सहयोग गरेको बताए ।

शाखा प्रबन्धक जोशीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली अनाथालय, भीमदत्त नगरपालिका ५ बनखेत स्थित महिला तथा बृद्धसेवा केन्द्र र बेदकोट नगरपालिका ८ रौटेलाको बैजनाथ धाम तथा बृद्धसेवा केन्द्रमा खाद्यान्न वितरण गरिएको बताए । शाखा प्रबन्धक जोशीका अनुसार चामल, दाल, पिठो, नुन, तेल, सोडा, साबुन, मसला लगायतका खाद्यान्न समाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here