गौरचरनबाट भैंसी लुटे, रातारात गोठबाटै खेत जोत्ने राँगा चोरेर भारततिर लगे

 नेपाल–भारत खुल्ला सिमानाका लकडाउनको मौकाछोपी भारतीय नागरिक (गुण्डा, डाँका लुटेरा) समुहले सीमा क्षेत्र नेपालीका किसानका पशु चौपाया चोरी डकैती गरिरहेक छन् ।

 भारतीय नागरिकले नेपाली नागरिकका पाँच भौसी लुटेर लगेको चौथो दिन फेरी भारतीय चोर(डाँका)ले दुई नेपाली नगरिकका राँगा चारेर लगेका छन् । र्गएराती बेलौरी नगरपालिका १० भुडाका दुई किसानका चार राँगा चोरेर लगेका हुन् । स्थानीय झक बहादुर चन्दले मध्यरातको समयमा स्थानीय किसन चौधरी र मग्नु चौधरीका दुई हल राँगा चोरेर भारततिर लगेको बताए । ‘राँगा चोरिएको थाहापाएपछि हामीले गोठबाटै खोज्दै जाँदा चारै राँगाहरु भारततिर लगेको देखिए, ‘उनले भने, ‘यि चारै राँगा भारतीयले चोरेर लगेको पाईन्छ ।’ रोपाईकै मुखमा खेत जोत्ने राँगा चोरेपछि किसान हैरान भएका छन् । ‘धानखेतीकै मुखमा खेत जोत्ने राँगा चोरेर लगे, ‘उनले भने, ‘भारतीय लुटेराको बिगबिगी बढ्यो, कहिले भौसी, कहिले राँगा चोरिन लुटिन थाले ।’ पीडित किसानले राँगा चोर्ने समुहमाथि कार्बाही र राँगा फिर्ताको माग अघि सारेका छन् । बेलौरी नगरपलिका १० का वडाध्यक्ष हरिलाल चौधरीले चोरी डकैती गर्ने समुहको नेपाली र भारतीय पक्ष दुवैले खोजबिन गरेर दोषिलाई कार्बाहीको दायरामा ल्याउनुपर्नेमा जोडदिए । चार दिन अघि बेलडाँडी गाउँपालिका ५ झिलमिलाका स्थानीय किसान देविलाल उपाध्यायमाथि गौचनबाट पाँच भौसी लुटेर लगेका थिए ।

 भारतीय लुटेराले नेपाली नागरिक उपाध्याय र तेज बहादुर रोकायाका पाँच भौसी लुटेको चौथो दिन दुई किसानको गोठबाटै रातारात दुुई जोर राँगा चोरेर लगेका हुन् । सीमा क्षेत्रमा नेपालीका बस्तु चौपाया लुटपाट भईरहेको भन्दै भुडाका शिक्षक बुद्धिजिवी ओम पन्तले कोरोना महामारीका बेला सजक हुनुपर्नेमा सुझाव दिए । सरोकारवाला निकाय र स्थानीय स्वयम सजक हुनुपर्ने उनको सुुझाव छ । प्रहरीले स्थानीयका राँगा चोरिएका विषयमा भारतीय सुरक्षा निकायसंग समन्वय गरेर खोजिकार्य गरिने जनाएको छ । नेपाली भूमिमाथि गिद्दे नगर लगाउने भारतीयले अहिले नेपाली किसानका पशु चौपाया चोर्ने, लुटेने काममा सकृय भएपछि भारतीयले नेपाल र नेपालीमाथि कस्तो व्यवहार गर्दछ भन्ने चरित्र उदाङगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here