काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन(चाँदीको कारोबार पुनस् सुरु गरेको थियो।
सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)