काठमाडौँ — अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसइआईडी० मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर सहयोग आएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
अमेरिकी राजदूत र्यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन् । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिदै उक्त सहायताले जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभावसम्बन्धी मूल्याङ्कन, योजना तथा प्रतिकार्यसम्बन्धी कार्यमा सघाउने जनाएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
युएसएआईडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्वतयारीका निम्ति सहयोगका लागि समेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)