सफल नेता कसरी बन्ने ?

मिलन आफन्त

जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई विकसित गर्दै लगे मात्र असल नेता बन्न सकिन्छ । सानै उमेर देखि नेतामा हुने गुण देखिन थाल्दछ तर यो यतिको सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन ।

केही व्यक्तिहरू यस धर्तिमा पूर्ण आत्मविश्वासका साथ गहन विचार लिएर आउँछन्, ती व्यक्तिहरू नेता बनाउन सकिन्छ ।

देश विकास र समाज निर्माणमा नेताको ठूलो महत्व छ । नेतालाई राष्ट्रको पहिलो अंगको रूपमा लिने गरिन्छ । समाजको त्यति महत्वपूर्ण अंग नेतामा हुनुपर्ने गुणहरू समावेश गरिएको सफल नेता बन्ने तरिका यस प्रकार छ ।

क) असाधारण नेतृत्व
सफल नेतामा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण हो ‘असाधारण नेतृत्व ।’ महान् नेतृत्वमा कमजोरी नहुने भनेको होइन, तर महान् नेतृत्वलाई विकसित बनाउनु भनेको साँचो रूपमा शक्तिलाई अघि बढाउनु हो ।

हरेक नेताले नेतृत्व गर्ने क्षमताको विकास गरेर जतिसक्दो धेरै सफलता तथा अनेकौँ उपलब्धिहरूले भरिएको व्यक्तित्व निर्माण गर्नुपर्दछ । यसो भएमा मात्र संगठनहरूमा परीवर्तन लेराउन सकिन्छ ।

असाधारण नेतृत्व गर्न सफल नेतामात्र आफूले काम गरेको ठाउँमा आफ्नो उच्च व्यक्तित्व विकाश गर्न सक्दछ र यसैगरी, आफूसँग काम गर्ने नेतृत्वको व्यक्तित्वलाई विकास गर्न पनि सहयोग पु¥याउन सक्दछ । असाधारण नेतृत्व दिन सक्ने नेताले मात्र जुनसुकै संगठन संघसस्था, कार्यालय, औद्योगिक प्रतिष्ठान, सरकारी ऐजेन्सी, विद्यालय वा महाविद्यालय ) मा भए पनि एउटा शसक्त र प्रभावशाली नेतृत्वको भूमिका निर्वाह गर्न सक्दछ ।

हिजो आजका ठूला–ठूला आधुनिक कल कारखानाका काम सम्पन्न गर्नका लागि कार्यालय प्रमुखहरूले आफ्नो संगठनलाई स्थिरता र निरन्तरता दिनका निम्ति नेतृत्वको विकास गर्नुपर्दछ तब मात्र असल र सफल नेता बन्न सहयोग पुग्दछ । असल र महान् नेतामा हुनुपर्ने एक महत्वपूर्ण गुण भनेको असाधारण नेतृत्व क्षमता पनि एक हो । सफल नेता बन्न असाधारण नेतृत्व गर्ने क्षमता हुनुपर्दछ ।

ख) नेता बनाउन सकिन्छ
नेताहरू स्वत स्फूर्तरूपमा जन्मदैनन्, नेताहरू बनाउनु पर्दछ । जो सुकै व्यक्ति नेता बन्न सक्दैनन् । नेतृत्वमा हुनुपर्ने गुणलाई विकसित गर्दै लगे मात्र असल नेता बन्न सकिन्छ । सानै उमेर देखि नेतामा हुने गुण देखिन थाल्दछ तर यो यतिको सुपरस्टार नेता हुन्छ भन्न सकिँदैन । केही व्यक्तिहरू यस धर्तिमा पूर्ण आत्मविश्वासका साथ गहन विचार लिएर आउँछन्, ती व्यक्तिहरू नेता बनाउन सकिन्छ ।


पहिलाका साधारण व्यक्तिहरू पनि पछि गएर ठूला र सफल नेता बन्न सक्दछन् । पहिलाका बदमासहरू पछि गएर ठूला नेता बनेको उदाहरण हामीसँग धेरै छ । साधारण व्यक्ति असाधारण नेताबन्न सक्दछ ।

प्रयास र अभ्यास गरेर नै जन्मजात क्षमताको घेराबाट अगाडी बढाएर शक्तिशाली नेता बनाउन सकिन्छ । साधारण मानिसका पनि असल गुणहरू तँछाड मछाड गरेर देखिन सक्दछन् तसर्थ पनि सामान्य मानिसलाई पनि महान् नेता बनाउन सकिन्छ भन्ने कुरामा कुनै शंका छैन ।

ग) असल नेतृत्वलाई महान् बनाउनुहोस्


असल नेतृत्वमा हुने महानतम् गुणलाई हामीले चिनेका हुदैनौँ । हामी आफुमा भएको गुण र प्रतिभामा नै सिमित रहने गर्दछौँ । तर, हामीले आफूले तत्कालीन रूपमा गरेको भन्दा पनि ठूला र महान् काम गर्न सक्दछौँ भन्ने बुझ्नु पर्दछ ।

तसर्थ पनि हामीले हाम्रा असल नेताहरूलाई महान् बनाउने तिर पाइला चाल्नुपर्दछ । नेतृत्व विकाससम्बन्धि चलाइने विभिन्न कार्यक्रमले सीमित लक्ष्य र उदेश्य बोकेको हामी पाउँदछाँै, त्यसैले गर्दा हामी हाम्रा असल नेताहरूलाई महान् बनाउन असमर्थ भएका छाँै ।

अनुशासन र सिक्न सिकाउन सक्ने योग्योताले नै असल नेतृत्वलाई महान् बनाउँदछ । अनुशासन भनेको यस्तो चिज हो, जुन नैसर्गिक योग्यता भन्दा धेरै महत्वपूर्ण हुन्छ ।

सम्बन्धित कामसित समर्पित भएर गरिने अभ्यासको माध्यमद्वारा अनुशासित कामसित समर्पित भएर गरिने अभ्यासको माध्यमद्वारा अनुशासित भएर अगाडि हिँड्ने व्यक्ति नै नैसर्गिक योग्यता भएको व्यक्तिभन्दा माथि उठ्न सक्दछ ।

तसर्थ पनि असल नेतामा अनुशासन र सिक्न सिकाउन सक्ने योग्यता हुनु नितान्त आवश्यकता छ । त्यसैले नै उनीहरूलाई महान् बनाउँदछ ।

धेरैजसो नेताले, राम्रो हुनु ठूलो कुरा हो, यही नै पर्याप्त उपलब्धि हो भन्ने सोच्दछन् । तर, उनीहरूमा सुपरस्टार बन्ने क्षमता छ, ठूलो उद्देश्य राख्नु पर्दछ भनेर काम सोच्दछन्, जसले गर्दा उनीहरू महान् नेता बन्न सक्दैनन् तसर्थ महान् नेता बन्न नेताहरूले आफुमा विद्यमान गुणहरूको बढी भन्दा बढी उपयोग गर्नुपर्दछ । तबमात्र असल नेतालाई महान् बनाउन सकिन्छ । असल नेतृत्वको सिप र योेग्यतालाई सुधार गरेर मात्र उसलाई महान् नेतृत्व बनाउन सकिन्छ ।

घ) असल चरित्रको विकास
‘महान् नेतृत्वको पछाडि रहेका प्रत्येक वस्तुहरू चरित्रबाट नै उत्पन्न हुने गर्दछन् ।’ –डेब अलरिच
असल तथा महान् नेतृत्वमा हुनुपर्ने एक प्रमुख गुणको रूपमा चरित्रलाई लिइन्छ ।

असल चरित्रको विकास नै सफल नेता बन्ने तरिका हो । चरित्र राम्रो भएमा मात्र नेता आफ्ना कार्यकर्ता र जनसमुदाय माझ लोकप्रिय हुन सक्दछ ।

चरित्रवान् नेताहरूले आफूद्वारा व्यक्ति गरिएका कुराहरूलाई विचार पु¥याउँदछन् र उनीहरूले आफ्नो बोलीको इज्जत गर्दछन् वा आफूले बोलेको कुरा पु¥याउँदछन् ।

असल चरित्र भएका नेताले कुनै पनि व्यक्तिको व्यक्तिगत आग्रहको पछि लागेर निर्णय गर्दैनन्, उनीहरूले आफ्नो संगठन र पार्टीको हित हेरेका हुन्छन् । असल चरित्र भएका नेताहरूलाई सबैले आदर गर्दछन् सम्मान भाव प्रकट गर्दछन् ।

चरित्रवान् नेताहरू आफूसँग पनि सम्मानजनक रूपमा प्रस्तुत हुन्छन्, अरूसँग पनि राम्रो व्यवहार गर्दछन् । उनीहरूले बाहिरी मुस्कानद्वारा अरूलाई धोका दिने काम गर्दैनन् । असल चरित्रको विकासले जुनसुकै नेतालाई पनि सफल र महान् बनाउँदछ ।

ङ) व्यक्तिगत क्षमताको आवश्यकता
नेतृत्व विकासको लागि आफ्नो व्यक्तिगत क्षमताको नित्तान्त आवश्यकता पर्दछ । मानिसका व्यक्तिगत क्षमता विशेषज्ञहरू जेन डाल्टन र पोल थाम्वसनले भनेका छन् “सबैभन्दा सफल अगुवा (प्रमुख) हरूको व्यक्तित्व चार अवस्थामा रहेर प्रगति गराउँदछन् ।

यिनीहरू मध्ये कुनै पनि अवस्थालाई छोड्न मिल्दैन । पहिलो अवस्था ः त्यो समय हुन्छ, जब कुनै व्यक्तिले सम्बन्धित व्यवसाय सिक्न सक्छ भन्ने कुरालाई प्रमाणित गर्दछ, तबमात्र केही विशेषज्ञता सुदृढ गर्ने आधारको विकास गर्न सक्छ ।

दोस्रो अवस्थामा: व्यक्तिले केही तरिका सिक्ने वा जान्ने क्रमलाई निरन्तरता दिन्छ, अनि स्वतन्त्र योगदान दिनेखालको सहायोगी बन्छ ।

तेस्रो अवस्थामा: व्यक्तिले अरूलाई सुझाव दिन थाल्छ, त्यसपछि अरूका व्यक्तित्व र उसका तरिकाको जानकारीलाई विकसित गर्न थाल्छ ।

चौथो अवस्थामा: उ संगठन वा संस्थाको द्रष्टा बन्न थाल्छ, जसले नयाँ तरिकाको दिशानिर्देशन गर्छ अनि संगठनको नेतृत्व गर्छ ।”

व्यक्तिगत क्षमता बढाउनका निम्ति केही तरिकाहरू यहाँ प्रस्तुत गरिएको छ :


कामको तरिकालाई बुझ्नुहोस् :– कर्मचारी वा सहयोगीहरूले आफूमा रहेको कमी कमजोरीलाई लुकाउने प्रयास गर्छन् । त्यसलाई आफ्नो प्रयासद्वारा त्यसो गर्न नदिनुहोस । आफ्नो अज्ञानता र कमी कमजोरीलाई स्वीकार गर्ने वातावरण तयार गर्नुहोस् ।


राम्रो व्यवस्थापन गुण सिक्नुहोस् स् जबसम्म आफ्ना मातहतमा रहेका व्यक्तिलाई आफ्नो विचार बुझाउने कला सिक्न सकिन्छ तब मात्र राम्रो व्यवस्थापन गुण जानिन्छ ।


नयाँ कुराको खोजी गर्नुहोस् स् महान् नेताहरूले नयाँ–नयाँ कुराहरूको खोजी गरेका हुन्छन् ।

त्यसलाई प्रयोग गर्न पनि हिचकिचाउँदैनन् । अन्तमा, आदरणीय विश्ववासी पाठकहरू, सफलनेता बन्ने तरिकालाई यसरी परिभाषित गर्न सकिन्छ ।-सुर्य अनलाईन

ताजा समाचार

This will close in 10 seconds