बझाङकी २७ वर्षीया महिलाले जन्माईन तीन छोरा

कञ्चनपुर २० जेठ ।

धनगढीमा बझाङकी एक महिलाले तीन वटा (तिम्ल्याहा) शिशु जन्माएकी छन् ।

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी हुन् ।


शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० ग्राम रहेको छ।

अस्पतालले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा सामान्य समस्या भएकाले भोली सम्ममा डिस्चार्ज गर्ने तयारी रहेको उनकी सासु जुनदेवीले बताईन्। यसअघि भगवतीकी तीन छोरी छन् ।

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले विष्टको शल्यक्रिया गरेका थिए।

ताजा समाचार