महिला हिसा न्यूनिकरणमा जोड दिन अन्तरक्रिया कार्यक्रम

कञ्चनपुर,
अझैपनि महिलामाथि हिंसा भएकाले न्यूनिकरणको विकल्प नभएको सरोकारवालाले बताएका छन । मानव अधिकारको लागि एकल महिला एकल महिला समुहले महेन्द्रनगरमा ‘लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका सन्र्दभमा महिला अधिकार लैङ्गिक हिंसाको अवस्था र सरोकारवाला भूमिका विषयक छलफलमा महिला हिंसा नरोकिएकाले न्यूनिकरणको विकल्प नभएको सरोकारवालाले बताएका हुन ।सबैभन्दा बढि एकल महिला हिंसाको शिकार बनेकाले उनीहरुलाई आर्थिक, समाजिक र राजनीतिक रुपमा सबल बनाउनुपर्ने सुझाव दिएका छन । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी महिला अगुवा माया भट्टले एकल महिलामाथि विभेद र हिंसा भईरहेकाले नरोकिएकोप्रति चिन्ता व्यक्त गरिन । दलित महिला संघ कञ्चनपुरकी अध्यक्ष महिलामाथिको हिंसा रोक्नका लागि सकारात्मक सोचको विकास हुनुपर्ने बताईन् ।
माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले महिलामाथि हुने सबैखाले हिंसा, विभेद रोक्नका लागि सचेतनामुलक कार्यक्रममा जोडदिईन । मानव अधिकारका लागि महिला, एकल महिला समुहका जिल्ला कार्यक्रम अधिकृत बीर बहादुर नेपालीले कार्यक्तम बारे कार्यपत्र प्रस्तुत गर्दै सीमान्तकृत महिलाको बृद्धि विकास र हरेक क्षेत्रमा उनीहरुको पहुँच अभिबृद्धिका लागि कार्यक्रम संचालान गरिने बताए ।मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष जानकी जोशीले एकल महिलाका व्यथालाई बुझेर सबै निकायले समस्या साधानमा जोडदिईन । कुनैपनि महिला एव एकल महिलामाथि हुने हिंसा, अत्याचार रोक्नका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा अध्यक्ष जोशीले जोडदिईन । मानव अधिकारका लागि महिला, एकल महिला समुहकी सचिव रमा उपाध्यायले संचालन गरेको कार्यक्रममा विभिन्न महिलाका क्षेत्रमा कार्यरतको सहभागिता रहेको थियो ।

ताजा समाचार