दोधारा । आदर्श समाज निमार्णको लागि दोधारा चाँदनी नगरपालिकामा रामलिला नाट्य श्रंखला सञ्चालनमा आएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा सुक्रवार देखि आदर्श रामलिला नाट्य श्रंखला सुरु गरिएको हो । लक्ष्मी माध्यमिक बिद्यालयको आयोजनामा सदाझै यस वर्ष पनि रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखला सुरु गरिएको हो । दशैं र दिपावलीको पावन असरमा भगवान रामको जिवनीमा आधारित रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखला सञ्चालन गरिएको लक्ष्मी माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर रावतले जानकारी दिनुभएको छ् । भगवान रामको जिवनीमा आधारित रामलिला नाट्य श्रंखलाको समउद्धघाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहनुभएको थियो ।

अतिथीमा, दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर चिी गिरी, दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष ओंम बस्नेत, ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय लगाएत राजनितिक दलका प्रतिनिधी, दर्शक र सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुले भगवान रामको जिवनीमा आधारित रात्रीकालिन रामलिला नाट्य श्रंखलाको उद्धघाटन गरेका हुन् ।

रामलिला नाट्य श्रंखलाले साास्कृतिक, धार्मिक, सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा हुनेमा आफु विश्वस्त रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभयो । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्याउन समेत रामलिला नाट्य श्रंखलाले सहयोग पुग्ने मेयर लिम्बुको भनाई छ् ।











