दोधारा । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संगठन बिस्तार गर्ने भएको छ् । उज्यालो नेपालका केन्द्रिय सदस्य तथा सामाजसेवी भिम कुमालले दोधारा चाँदनी नगरपालिकाको सबै वडा तथा टोललाई समेटेर संगठन बिस्तारमा आफुहरु लागेको बताउनुभएको छ् । देशलाई नेतृत्व गर्ने एक मात्रै पार्टी उज्यालो नेपाल रहेको बताउदै देशलाई बिषम परिस्थीतीबाट जोगाउन जनताले उज्यालो नेपाल पार्टीलाई महशुस गरेको नेता भिम कुमालले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पार्टीमा युवाहरुको चाहाना बढेको बताउदै केही समयमै नगर, वडा तथा टोलमा संगठन बिस्तार गर्ने उहाँले बताउनुभएको छ् । साथै, सुशासनका लागि सडकमा बसेर सरकारलाई खबरदारी गर्ने पनि नेता भिम कुमालको भनाई छ् ।











