कृति विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न


महेन्द्रनगर: सगरमाथा साहित्य प्रतिष्ठान सुदूरपश्चिम प्रदेश समितिले कृति विमर्श तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार बलदेव अवस्थीकाे चन्द्रा अपवित्र छैन् नामक कथाकृतिमाथि विमर्श गरिएकाे कार्यक्रम प्रतिष्ठानका प्रदेश अध्यक्ष खिमानन्द वडूकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमसख अतिथि गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्राम हुनुहुन्थ्याे ।

प्रमुख अतिथि वीरबहादुर चन्दले कृति विमाेचन गरेका थिए । कृति समीक्षक साहित्यकार प्रजापति नेगी, जगदीश ओझा, रमेश पन्त मीतबन्धु, अग्रज साहित्यकार पञ्चमराज भट्ट विशिष्ट अतिथि रहेकाे कार्यक्रममा रमेश पन्त मीतबन्धुले साहित्यकार नारायण गिरीले पठाउनु भएको लिखित पाठकीय समीक्षा वाचन गर्नुका साथै आफ्ना विचारहरू प्रस्तुत गर्नु भएकाे थियाे । त्यसैगरी समीक्षकद्वय प्रजापति नेगी र जगदीश ओझाले कथाकृतिकाे समालोचनात्क समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा कृतिकार अवस्थीले लेखकीय विचार अभिव्यक्त गरेका थिए ।

कृतिकार अवस्थीलाई अभिनन्दन पत्रका साथ दाेसल्ला ओढाएर प्रमुख अतिथिबाट अभिनन्दन गरिएको कार्यक्रममा दर्जनाै साहित्यकारहरूले रचनावाचन गरेका थिए । रचनावाचन गर्नुभएका साहित्यकारहरूमा पञ्चमराज भट्ट, तुलसी पण्डित, प्रेमप्रकाश कलाैनी, अनार भट्ट, चाँदनी भट्ट, निर्मला साउँद, नवीन वडू, अमित प्रसाद भट्ट, एनडी मयालु, राजु सिंह खड्का, विवेक पन्त, उमेश जाेशी आदर्श लगायत रहेका थिए । कार्यक्रम समापनमा अध्यक्ष वडूले प्रत्यक्ष अप्रत्यक्ष रुपबाट सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै स्रष्टासर्जकहरूलाई प्राेत्साहन गर्ने कार्य सगरमाथा साहित्य प्रतिष्ठानले गरिरहने कुरा बताउनु भयाे ।


Loading Viewer...

ताजा समाचार

spot_img