कञ्चनपुर काँग्रेका यि हुन क्षेत्रीय नेतृत्व


कञ्चनपुर : नेपाली काँग्रेसको आशन्न १५औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन । जिल्लाका ३ सघीय र ६ प्रादेशिक अधिवेशन सम्पन्न भएका हुन । क्षेत्र १मा सहमतीय आधारमा क्षेत्रीय, प्रादेशिक नेतृत्व छनौट गरिएको छ । क्षेत्र १का क्षेत्रीय सभापति अमरजन साउद(क) प्रादेशिक सभापति विष्णू प्रशाद अर्याल र (ख) प्रादेशिक सभापतिमा गज बहादुर विष्ट सर्वसम्मत चयन भएका छन ।

क्षेत्र २को सभापतिमा लाल बहादुर सिह दोहोरीका छन । सिहले आफ्ना प्रतिस्पर्धी पुष्पराज भट्टलाई दुईसय ८५मतको अन्तरले हराउँदै दोस्रो कार्यकालका लागि समेत क्षेत्रीय सभापति सुरक्षित गरेका छन । सिहले चारसय ३७ र भट्टले एकसय ५२मत ल्याएका छन । २(क)मा टिकेश्वरी पाण्डेय(प्रेरणा)ले आफ्ना प्रतिस्पर्धी रमेश राज भाटलाई ८१मतको अन्तरले हराउँदै सभापतिमा प्रादेशिक सभापति निर्वाचित भएकी छिन । प्रेरणाले एकसय ६४ र भाटले ८२मत ल्याएका थिए ।

२(ख)प्रादेशिक सभापतिमा दिपक बोहरा निर्वाचित भएका छन । बोहराले आफ्ना प्रतिस्पर्धी चित्रदेव भट्टलाई ३९मतको अन्तरले हराउँदै निर्वाचित भएका छन । बोहराले एकसय ९१ र भट्टले एकसय ५२ मत ल्याएका छन । उक्त निर्वाचन क्षेत्रमा ६सय ६५मतदातामा ६सय २५मत खसेका थिए ।

क्षेत्र ३मा क्षेत्रीय सभापतिमा पदमराज अवस्थी निर्वाचित भएका छन । अवस्थीले आफ्ना निकटतम प्रतिस्पर्धी गणेश नेगीलाई ८२मतको अन्तरले हराउँदै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन । अवस्थीले तीनसय ६ र नेगीले दुईसय २५ मत ल्याएका थिए, तेस्रा उम्मेदवार कमलराज चटौतले ५९मत ल्याएका थिए । क्षेत्र ३(क) अशोक पाण्डेय र (ख)मा सन्दीपकाजी बस्नेत निर्वाचित भएका छन । क्षेत्र ३मा ७सय १८मतदाता मध्ये ६सय २५मत खसेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img