किशोरी क्लबको अगुवाइमा सरसफाइ अभियान सम्पन्न


दोधारा : दोधारा चाँदनी, कञ्चनपुर — २०८३ साल असोज १३ गते दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा सरसफाइ अभियान सम्पन्न भएको छ । अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र वातावरण संरक्षण तथा समाज कल्याणसंघ नेपाल (PESWAN) को साझेदारीमा सञ्चालित “Resilient Future: Ending Child Marriage” परियोजनाअन्तर्गत वडा नं. ७ मा गठन गरिएको कोपिला किशोरी क्लबको अगुवाइमा उक्त सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

अभियानमा समुदाय तथा विद्यालयका किशोर–किशोरीहरू, स्थानीय अगुवा तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय तथा समुदाय आसपासका क्षेत्रमा सरसफाइ गर्दै फोहोर व्यवस्थापन, स्वच्छ वातावरण र सरसफाइको महत्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गरेका थिए। कार्यक्रमले किशोर–किशोरीहरूलाई समुदायको सरसफाइ तथा सामाजिक अभियानमा सक्रिय रूपमा सहभागी गराउनुका साथै नेतृत्व क्षमता, सामूहिक कार्य र जिम्मेवारीबोध विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

“स्वच्छ समुदाय निर्माणमा किशोर–किशोरीको सक्रिय सहभागिता आवश्यक छ” भन्ने सन्देशसहित सम्पन्न अभियानमा सहभागीहरूले नियमित सरसफाइ गर्ने र आफ्नो समुदाय तथा विद्यालयलाई स्वच्छ राख्न निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img