कञ्चनपुर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रक्रिया शनिबार देखि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वडा तहबाट सुरु भएको छ् । महाधिवेशनलाई लिएर पार्टी भित्र ध्रुवीकरण भईरहेका बेला दोधारा चाँदनीका अधिकांश कार्यकर्ता वडा अधिवेशनमा सक्रिय रुपमा जुटेका छन् । देश भरिका वडामा शनिबार र आईतबार अधिवेशन सहित नेतृत्व चयन हुने कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकामा शनिवार वडा अबिधेशन अघि बढाईएको नेपाली काग्रेंसका नेत्री कमला उपाध्यायले बताउनुभएको छ् ।

केन्द्रमा नेताहरुले समानान्तर कार्यतालिका अघि सार्दै एक अर्काको महाधिवेशन बहिष्कार गर्न आह्वान गरिरहेका छन् । तर दोधारा चाँदनी नगरपालिकामा भने गुटगत लबिइङ र प्रतिस्पर्धा बिच पनि अधिवेशन रोक्ने वा बहिस्कार गर्ने अवस्था देखिएको छैन् । चारतारे झन्डा र रुख चिन्हलाई साँझा पहिचान मान्दै कार्यकर्ता नेतृत्व चयन प्रक्रियामा आजबाट वडागत अबिधेशनमा सहभागी भएको काग्रेंस नेत्री उपाध्यायले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको दशै वटा वडाहरुमा सहमतीबाट वडा कार्य समिति गठन कार्य आजबाट सुरु गरिएको उहाँले बताउनुभएको छ् ।

पार्टी भित्र आ–आफ्ना धारणा होलान् तर यति बेला चुनाव चिन्ह रुख र चारतारे झन्डानै आधिकारिक पहिचान भएकाले नेता तथा कार्यकर्ता अधिवेशनमा जुटेका काग्रेंस नेता, कार्यकर्ताहरुको भनाई छ् ।











