चौधर नदीले भत्कायो, बेदकोट घटालथानको झोलुङ्गेपुल


कञ्चनपुर : कञ्चनपुरमा चौधर नदीको वाढीले एक झोलुङ्गेपुल भत्काईदिएको छ । चुरे भएर उर्लिएको चौधर नदीको वाढीले बेदकोट नगरपालिका ४बैतडा घटालनाथ जोड्ने झोलुङ्गेपुल भत्काईदिएको हो । वाढीले पुलको एकातर्फीकोे पिलर भत्काएपछि झोलुङ्गेपुल चुडिएको छ । स्थानीय राजुराम सार्कीले आईतबारको वाढीले भत्काईदिएको बताए । एक दशक अघि निर्माण भएको पुल नदीको जोखिममा भएकाले सरक्षणका लागि पालिकासंग आग्रह गर्दा समेत वास्ता नराखेपछि पुल अहिले भत्किएर ठुलो क्षति बेहोर्नु परेको उनको गुनासो छ ।

उनका अनुसार वाढीकोे उच्च जोखिममा रहेको बैतडा, सार्कीपार्की टोलमा स्थानीय, प्रदेश र सघीय सरकारले पहिल्यैदेखि गम्भिर नहुँदा अहिले पुल बगाएको भावि दिनमा बस्ती नै जोखिममा पारेको बताए । पु्ल भत्किएपछि स्थानीयलाई पालिकादेखिका जिल्ला, प्रदेशमुकाम सिसैया, महेन्द्रनगर, धनगढी सहितका आसपासका बजार, क्षेत्र आउजाउमा समस्या भएको बताए । वाढीले पुलसंगै ज्ञानज्योती बाल विकास केन्द्र, सार्कीपार्की टोल सहितका गाँउबस्ती जोखिममा रहेका छन । वाढीले भत्काएकोे पुल पुर्ननिर्माण गरिने बेदकोट नगरले जनाएको छ । सातादेखि कञ्चनपुरमा परिरहेको अबिरल बर्षातका कारण जनजिवन समेत प्रभावित भएको छ ।

यद्यपी यस बर्ष समयमै धानबारीमा रसायनिक मल नपाएका किसानलाई भने राहत पाईएको छ । गत विगतका बर्षहरुमा वाढीले भत्काएको झर्नाखोला सहितका पुल, पुलेसा, सडक भौतिक सरचना अहिलेसम्मै निर्माण भएका छैनन । उक्त पुल पनि नहुने स्थानीयले आशंका व्यक्त गरेका छन । अबिरल बर्षातले जिल्लाका खोला नदी नालाको सतह बृद्धि हुदै गएपछि तटिय क्षेत्रका जनता त्रसित भएका छन । वाढीबाट कटान, डुवान जस्ता जोखिमयुक्त क्षेत्र तत्तकालन पुर्ननिर्माण मर्मत सम्भार नगरे थप जोखिम निम्तिने भएकाले विपद् जोखिम न्यूनिकरण तर्फ सरोकारवाला गम्भिर हुनुपर्ने नागरिककोे सुझाव छ ।


Loading Viewer...

ताजा समाचार

spot_img