कञ्चनपुर: रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले आर्थिक सहयोग गरेका छन्।

रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्ना वृद्ध बुवा रामी चन्द तथा आमा गोमती चन्दको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्नुभएको हो।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप रकम उपलब्ध गराइएको अध्यक्ष चन्दले बताउनुभयो ।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायलाई सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
मानवीय सेवाको भावनासहित विपद् प्रभावित नागरिकका लागि सहयोग प्रदान गर्नुभएकोमा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द तथा उहाँका वृद्ध बुवा रामी चन्द र आमा गोमती चन्दप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।










