बाढीको उच्च जोखिम रहेको कुतियाकवर बस्तीमा कृत्रिम घटना अभ्यास


कञ्चनपुर । बाढी उच्च जोखिममा रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० स्थित कुतियाकवरमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ् । मनसुन भित्रिनै लाग्दा समुदायलाई सम्भावित जोखिमबाट बचाउन र पूर्वतयारी अवस्थामा राख्न कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा उक्त अभ्यास गरिएको हो । कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजना, दोधारा चाँदनी नगरपालिकाको समन्वय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी)’ परियोजना तथा निड्स नेपालको स्कोपआरथ्री परियोजनाको प्राविधिक सहयोगमा कुतियाकवर बस्ती नजिक रहेको जगबुडा नदीमा बाढीको कृत्रिम घटना नमुना अभ्यास सम्पन्न गरिएको कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीका सचिव बसन्ती सुनारले बताउनुभएको छ् ।

वर्षेनी मनसुन सुरु भए संगै बाढीको त्रासमा रहने यस क्षेत्रमा महाकाली नदी र जगबुडा नदीका कारण डुबान र कटानको जोखिम उच्च रहने गर्दछ् । बाढी आएको बेलामा बाह्य सहयोग पुग्नु अगावै समुदाय स्तरमै तत्काल कसरी खोज तथा उद्धार गर्ने, सूचनाको आदानप्रदान कसरी चुस्त राख्ने र सुरक्षित आश्रयस्थलसम्म कसरी पुग्ने भन्ने विषयलाई व्यावहारिक रुपमा प्रदर्शन गर्न स्थानीय बासिन्दा पूर्वअभ्यासमा जुटेको सचिव बसन्ती सुनारले बताउनुभएको छ् । आफू र आफ्नो समुदायलाई बाढी जस्तो विपद्को बेला कसरी सुरक्षित राख्ने, पूर्वसूचनाहरु कसरी समयमै सम्बन्धित ठाँउमा पुर्‍याउने, समन्वय गर्ने, कसरी प्रतिकार्य गर्ने तथा सुरक्षित स्थानमा कसरी बस्ने लगाएतका बारेमा समुदायलाई सचेत गराउन अभ्यास निकै प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

मनसुनको पूर्वसन्ध्यामा गरिएको कृत्रिम अभ्यासले वर्षेनी बाढीको त्रासमा रहने कुतियाकबरबासीको आत्मविश्वास र पूर्वतयारीलाई अझ बलियो बनाउने गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को ‘समुदायका लागि जलवायु उत्थानशील (सिआरसी)’ परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले बताउनुभएको छ् । बाढी आईसकेपछि अत्तालिनु भन्दा आउनु अगावै समुदायलाई मानसिक र व्यावहारिक रुपमा तयार राख्न कृतिम घटना अभ्यास गरिएको उहाँले बताउनुभयो । तराईका जिल्लाहरुमा वर्षेनी तापक्रम तिव्र रुपमा वृद्धि भईरहेको र जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार कञ्चनपुरका पालिकाहरुम ध्ये दोधारा चाँदनी नगरपालिकामा तातो हावाको लहरको सम्भावना सबै भन्दा बढी रहने देखिएकाले जोखिम न्यूनीकरणका लागि वृक्षारोपण अभियानलाई पनि परियोजनाले जोड दिइएको बताउनुभएको छ् ।

बाढीको कृत्रिम घटना अभ्यासमा दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिक, निड्स नेपालका रेनु विक, जनप्रतिनिधी, नगर प्रहरी, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरु लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img