कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘तातो भयो, गाँउ, शहर’ नारा सहित तातो लहरबाट बच्न जनचेतनामुलक कचरी नाटक सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न बिद्यालय, भिडभाड हुन स्थानहरुमा तातो लहरबाट बच्न जनचेतनामुलक कचरी नाटक सञ्चालन गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ उत्थानशिल युवा सञ्जाल र दोधारा चाँदनी नगरपालिकाको सहयोग तथा सहकार्यमा दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालय, शारदा सरस्वती माबि लगाएत भिडभाड हुने स्थानहरुमा अत्यधिक गर्मी तातो लहर ‘लु’ सम्बन्धी विपद् सचेतनाको लागी जनचेतनामुलक कचहरी नाटक सञ्चालन गरिदै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ का अनुगमन तथा मुल्यांकन अधिकृत गोबिन्द नारायण उपाध्यायले बताउनुभयो ।

जलवायु परिवर्तन, तिब्र शहरीकरण र वायु प्रदूषणका कारण तापक्रम निरन्तर बढिरहेको अवस्थामा मानव स्वास्थ्य मात्र नभई, कृषि र वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको नाटकले सन्देश दिन खोजेका अनुगमन तथा मुल्यांकन अधिकृत गोबिन्द नारायण उपाध्यायले बताउनुभएको छ् । कचहरी नाटकका कलाकारहरुले अत्यधिक गर्मीका कारण ‘हीट स्ट्रोक’ जस्तो गम्भीर अवस्था आउन सक्ने, शरीरको तापक्रम अत्यधिक बढ्दा पसिना नआउने, टाउको दुख्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्ने र बेहोस हुने जस्ता लक्षण देखिने र समयमै उपचार नभए ज्यान समेत जान सक्ने जनचेतनामुलक नाटकमा प्रर्दशन गरिएको उहाँको भनाई छ् । तातो हावाको लहर तथा ‘लू’ बाट जनजीवनमा परिरहेको प्रभाव, जोगिने उपायको बारेमा प्रदर्शन गरिएको नाटक अत्यन्तै सहनिय रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का स्थानियबासी रोजिना सुनारले बताउनुभयो ।

अत्यधिक गर्मी (लु) र तातो हावाको विपद्बाट बच्न जनचेतना फैलाउन ‘कचहरी नाटक’ एक सशक्त माध्यम रहेको बताउदै दर्शक रोजिना सुनारले जलवायु परिवर्तनको कारण बढ्दै गएको गर्मी सम्बन्धी विपद् सचेतनाको लागी जनचेतनामुलक कचहरी नाटक अन्य स्थानमा समेत सञ्चालन गर्नु पर्ने बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका र भिमदत्त नगरपालिका क्षेत्रमा ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ ले तातो हावाको लहर (लू) प्रतिकार्य गतिविधिहरु सञ्चालन गर्दै आईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ ‘समुदायका लागि जलवायु उत्थानशील’ (सिआरसी) परियोजना’ ले जनाएको छ् ।






