कञ्चनपुर : कञ्चनपुरमा पनि विभिन्न दल निकट मजदुर संघ संगठनहरु सहितका सरकारी गैर सरकारी संस्थाहरुले अन्र्तराष्ट्रिय मजदुर दिवस मनाएका छन । शुक्रबार विवित कार्यक्रम गरेर जिल्लाका दल निकट मजदुर संघ संगठनहरु सहितका सरकारी गैर सरकारी संस्थाहरुले १३७औँ अन्र्तराष्ट्रिय मजदुर दिवस मनाएका हुन ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटी(नेकपा), विप्लव नेतृत्वको नेकपा(माओवादी) सहितका दल निकट मजदुर संघ संगठनहरुले एकल तथा संयुक्त रुपमा दिवस मनाएका छन । उनीहरुले ¥यालीदेखि छलफल, अन्तरकृया सहितका कार्यक्रम गरेका छन । नेकपा(विप्लव)निकट मजदुर नेता कमल पण्डितले शुभकामना दिदै सरकारले मजदुरको हक अधिकार दिलाउन कन्जुस्याई गरेको बताए । नेकपा मजदुर नेता पदमराज जोशीले वर्तमान सरकार मजदुर मारा भएकाले मजदुर एकजुट हुनु्पर्ने बताए ।

नेकपा एमाले निकट मजदुर नेता महेश पन्तले वर्तमान सरकारले मजदुरको व्यवस्थापन भन्दा उठिबासी गर्ने काम गरिरहेको भन्दै निन्दा गरेका छन । नेपाली काँग्रेस निकट मजदुर नेता राम सोगारथ ठाकुरले समेत मजदुरको हतहितमा जोडदिए । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले मजदुर दिवसमा ¥याली छलफल अन्तरकृया गरिएको बताए । जिल्लाभरी सहित सुप प्रदेश, अन्य जिल्लाहरुमा समेत मनाउँदै मजदुरको हक अधिकार समाजिक सुरक्षा भन्दा गरिखाने मजदुरमाथि सरकारले उठिबासी गरेको दुखेसो पोख्दै आएका छन ।







