महेन्द्रनगर: महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ ।
पश्चिमपाटीको आयोजनामा गरेको उक्त प्रतियोगिताको शुक्रवार बिहान सात बजे कञ्चनपुरका मुख्य जिल्ला न्यायशीध राजेन्द्र भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको छ ।

कैलाली कञ्चनपुर गरी प्रदेशका विभिन्न जिल्लाबाट आएका ८० वटा टीम बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिए । प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पु¥याउने लक्ष्य राखेको संयोजक सिंहले बताए । “खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटाको बाह्रसिंगाको प्रवद्र्धनका लागि प्रतियोगिताले टेवा पुगाउने छ ।”

उनले भने–“प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिताले खेल र पर्यटनमा प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएका छौ ।” उनका अनुसार ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५ र तृतीय हुने टिमले रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउने छन ।







