कञ्चनपुरमा ५ दिने नि:शुल्क योग शिविर सम्पन्न


कञ्चनपुर : कञ्चनपुरमा आयोजना भएको नि:शुल्क योग शिविर सम्पन्न भएको छ । बैशाख ६ गतेदेखी सुरु भएको नि:शुल्क योग शिविर बुधवार सम्पन्न भएको हो । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर्माण गरौं भन्ने मुल नाराका साथमा निःशुल्क योग विज्ञान शिविर ५ दिनसम्म आयोजना भएको थियो । आदर्श नेपाल/आदर्श नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, कञ्चनपुर आदर्श नेपाल, शिव मन्दिर योग साधना केन्द्र पतंजलि योग समिति, कञ्चनपुर / महिला पतंजलि योग समिति, कञ्चनपुरको आयोजना रहेको उक्त शिविरबाट सयौ जनाले लाभ लिएको आयोजकले जनाएका छन् ।

कञ्चनपुर पतंजलि योग समिति, कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने योगलाई घरघरमा पु¥याउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समाजमा योग र आयुर्वेदको महत्व बढाउने अभियानका साथमा यो शिविरको आयोजना गरीएको बताउनु भयो । जिल्लाका प्रत्येक स्थानीय तह, वडा तथा टोलस्तरसम्म योग विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सबै नागरिकलाई दैनिक जीवनमा योग अपनाउन आग्रह गर्नुभयो । साथै, योग र आयुर्वेदको प्रचार–प्रसारमार्फत स्वस्थ समाज निर्माणमा समिति प्रतिबद्ध रहेको उहाँको भनाई रहेको छ ।

”योग शिविरमा पतञ्जल योग समिति नेपालकी प्रखर विदुषी साध्वी श्रद्धेय देवकृपाले ५ दिनसम्म प्रत्यक्ष प्रशिक्षण दिनुभएको थियो । योग मानव जीवनका लागि अत्यन्त आवश्यक रहेको र नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने धारणा सहभागीहरुले व्यक्त गरेका छन् । कतिपय सहभागीहरुले आफनो स्वास्थ्यमा आएको विभिन्न समस्याहरु यो शिविरमा आएपछि कम हुँदे गएको बताएका छन् ।


ताजा समाचार

spot_img