कञ्चनपुर नाई संघले कायम गर्यो नयाँ रेटलिष्ट


कञ्चनपुर : कञ्चनपुर नाई संघले कपाल काटेको नयाँ दररेट कायम गरेको छ । यहि २०८२/१२/२४ गते संघको बैठकबाट सदस्यहरु सबैको सहमतीमा नयाँ दररेट लिष्ट पारीत गरेको हो ।

कञ्चनपुर नाई संघको स्थापना समय देखि प्रत्येक बर्ष रु १० का दरले रेटदर बढाउने निर्णय भएको र कोरनाकालको समय देखि रेटमा केहि छुट भएपनि अहिले श्रमिकको समस्यालाई मध्यनजर गरेर यहि बैशाख ०८ गतेबाट रु १५०/– दररेट लागु हुने गरी कायम गरेको संघका अध्यक्ष भुपेन्द्र भण्डारीले बताएका छन ।

उक्त बैठकबाट उपाध्यक्षमा किसन जैसवाल र प्रवक्ता ईन्द्र साउँद दुई जना पदाधिकारिहरु चयन गरेको छ । नाई संघले दररेटको पालना के कस्तो रुपमा हुदैछ भन्ने बुझ्न अध्यक्षको संयोजकत्वमा ५ जनाको अनुगमन टिम पनि बनाएको संघका अध्यक्ष भण्डारीले बताएका छन ।


ताजा समाचार

spot_img