कञ्चनपुर /बैशाख: अन्तरपुस्ताविच सद्भाव बढाउन, एकले अर्कोप्रति नैतिक जिम्मेबारी बढाउनका लागि कञ्चनपुरमा बुढ्यौली शिक्षा कार्यक्रम गरिएको छ । पछिल्ला बर्षहरुमा नयाँ र पुराना पुस्ताविचको खाडलले जेष्ठ नागरिक समस्यामा पर्न थालेपछि राष्ट्रिय जेष्ठ नागरिक महासंघले सातै प्रदेशमा बुढ्यौली शिक्षा कार्यक्रम गर्न लागेको छ ।

राष्ट्रिय जेष्ठ नागरिक महासंघका बरिष्ठ उपाध्यक्ष शारदा चन्दले जेष्ठ नागरिक अभिभावक र प्लटुका विद्यार्थीविच अन्तरकृया गरेर बुढ्यौली शिक्षा आदान प्रदान गरिएको बताईन । उनका अनुसार सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरबाट शुरु गरिएको उक्त कार्यक्रम सातै प्रदेशमा संचालन गरिने बताईन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले अन्तर पुस्ताविच छलफलका माध्यमबाट नयाँ पुस्ता विद्यार्थीमा सद्भाव, नैतिक जिम्मेबार बनाउन खोजिएको बताए ।

पछिल्ला बर्षहरुमा अध्ययन, रोजगारीका लागि छोराछोरी अन्तर जिल्लादेखि विदेशिनेक्रम बढिरहेको र अनि विदेशिएपछि घरमा रहेका जेष्ठ नागरिक (आमाबाबु,हजुरआमा बाबु)को हेरचाहमा ध्यान चासो नदिएकाले जेष्ठ नागरिक मारमा पर्दैै आएकाले अहिलेदेखि नयाँ पुस्तामा जेष्ठ नागरिकविच सद्भाव बढाउन खोजिएको बताईन । ‘हामी देशभर आजको मितिमा ३०लाख जेष्ठ नागरिक छौँ, ८५हजार स्वयम सेवकसंघ मार्फत पनि अन्तरपुस्ताविच सद्भाव फैलाउने काम गरेका छौँ, ‘उनले भनिन, ‘०७९मै जेष्ठ नागरिक सम्बन्धी जारी भएको ऐन आउँदा पनि जेष्ठ नागरिकको समस्या उस्तै छ ।’

राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष सुर्य प्रशाद श्रेष्ठले समाजका लागि योगदान गरेका जेष्ठ नागरिक अहिले समस्यामा परेको बताए । हिजोको बालक भोली गएर जेष्ठ नागरिक भएपछि एक्लोपन विताउन बाध्य भएकाले अहिलेदेखिका भोलीका जेष्ठ नागरिकमा नैतिक शिक्षा प्रदान गर्न खोजिएको बताईन । ‘अहिले घरदेखि सार्वजनिक जहाँजही जेष्ठ नागरिक अपहेलित, अपमानित तथा समस्यामा पर्दैै आएका छन, ‘उनले भने, ‘यसलाई घरबाटै निर्मुल पार्न नयाँ पुस्तामा केही सिकाईका कार्यक्रम अघि बढाउन खोजिएको बताए ।
उनले सातै प्रदेशमा अन्तरकृया गरेर आएको सुझावका आधारमा सरकारलाई जेष्ठ नागरिकको हक अधिकार सरक्षणका लागि योजना ल्याउन सुझाव बुझाईने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम विश्वश्विविद्यालयका उपकुलपति डा. हेमराज पन्तले समाज सुधार र विकासक्रम अघि बढाउनका लागि जेष्ठ नागरिकको सम्मान, सद्भावदेखि सहयोगी मानविय भावना आवश्यक रहेको औल्याएका छन । उपकुलपति डा. पन्तले अहिलेका जेष्ठ नागरिकले हिजोका दिनमा युवा हुँदा समाजका लागि गरेको योगदानको उच्च मुल्याङकन कदर अहिलेका पुस्ताले सिक्नुपर्नेमा सुझाव दिएका छन ।
कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष सुर्य प्रशाद श्रेष्ठ, सल्लाहकार सत्य प्रशाद मोहपाल, राष्ट्रिय जेष्ठ नागरिक महासंघका बरिष्ठ उपाध्यक्ष शारदा चन्द, महिला अगुवा नारा जोशी, सुदूरपश्चिम विवश्वविद्यालय समाजशास्त्रका उपप्राध्यापक दिपकचन्द्र भट्ट, समाजिक अगुवा प्रेम शर्माले विद्यार्थीलाई अन्तरपुस्ताका विषयमा प्रशिक्षण दिर्दै समाजको विकासक्रम सबै जेष्ठ नागरिक हिजोका समाज निर्माता भएकाले सम्मान आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्तमबाट आफुहरुले जेष्ठ नागरिकको सम्मान व्यवहारिक रुपमा लागु गर्नुपर्ने विषय बारे जानकारी भएको विद्यार्थीले बताएका छन । विद्यार्थी रविराम लुहारले घरबाटै जेष्ठ नागरिकमाथि मायास्नेह आवश्यक रहेको बताए । अर्की छात्रा पदमा पन्तले घर घरबाटै जेष्ठ नागरिकको हेरचाह स्याहार,सुहारले भावि दिनमा समेत शिक्षा हस्तान्तरण हुने बताईन । विद्यार्थी, जेष्ठ नागरिकदेखि सरोकारवालाको सहभागिता रहेको थियो ।






