कञ्चनपुर: कञ्चनपुरको एक पालिका उपप्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहीले बिहिबार साँझ नाथलाई पक्राउ गरेको बताए । प्रवक्ता शाहीले उपप्रमुख नाथ बिरुद्ध किसान हरिकृष्ण राना हत्याकाण्डको आरोपमा पक्राउ गरेको बताए । रानाकी श्रीमती फिरिया रानाले नाथ बिरुद्ध ज्यान कसुरमा मुद्दा दिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको बताए ।

‘हामीले उहाँ उपप्रमुखलाई पक्राउ गरेर जिल्ला ल्याएका छौँ, अहिले प्रहरीकै हिरासतमा हुनुहुन्छ, ‘उनले भने, ‘ज्यान कसुरमा मुुद्दा परेका अनुसन्धान अघि बढाएका छौँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख नाथ बेलाबेलामा वाद विवादेखि अहिले ज्यान कसुरमा पक्राउ परेपछि काँग्रेसका भोट दिएका जनता समेत हैरान भएका छन । गत बर्ष ९बैशाख ०८२मा बेलडाँडी गाँउपालिका ३खैरिघाटका स्थानीय समेत रहेका ५० बर्षिया किसान हरिकिसन राना बेलौरी नगरपालिका १०शिवनगर नाला किनारमा जलेको अवस्थामा फेला परेका थिए ।

कृषि अनुदानको विषयमा उपप्रमुख नाथ र किसान रानाविच वाद विवाद, आरोप प्रत्यारोप पनि चलेको थियो । घर परिवारले नाथ बिरुद्ध एक बर्षपछि मात्रै आएर किटानी जाहेरी किन दिएको विषयमा नाथ निकट व्यक्तिहरुले फसाउन खोजेको विषय उठान गरिरहेका छन । विगतदेखि नै स्वयम उपप्रमुख शान्ति नाथले घटनाप्रति दुख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग अघि सार्दै आएकी छिन । उनले आफु बिरुद्ध राजनैतिक प्रतिशोध प्रहार भएको दावि गर्दै आएकी छिन । तर, पीडित परिवारदेखि स्थानीयले घटना कसैमाथि लक्षित नभई सत्यतथ्य छानबिन गर्दै दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।







